८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

युद्धको तयारीमा चीन

तिब्बतमा युद्ध अभ्यास गर्दै चिनियाँ सेना। तस्विरः सिन्ह्वा

बेइजिङ– विश्व युद्वको तयारीका लागि चिनियाँ सेनाले सैन्य अभ्यासको सुरुवात गरेको छ। भारतसँगको सीमा क्षेत्रमा बढ्दो विवाद, उत्तर कोरियाले निरन्तर रूपमा गरेको आणविक हतियारको परीक्षण, साउथ चाइना सीमा बढ्दो अन्तर्राष्ट्रिय हस्तक्षेपका कारण विश्वमा युद्वको अवस्था आउने सक्ने आकंलनले चीनले सैन्य अभ्यास गर्न थालेको चिनियाँ रक्षा मन्त्रालयले बताएको छ।

चिनियाँ रक्षा मन्त्रालयले आफ्नो वेबसाइटमा एक विज्ञप्ति प्रकाशन गर्दै चिनियाँ सेनालाई युद्वको पूर्व तयारीमा रहनका लागि सैन्य अभ्यास दिइएको बताएको छ।

चिनियाँ वायु सेना तथा नौसेना टोली सैन्य अभ्यासमा लागिसकेको रक्षा मन्त्रालयले उल्लेख गरेको छ। युद्व अभ्यास तथा कैयौंको संख्यामा क्षेप्यास्त्र प्रहारको अभ्यास समेत सैन्य टोलीले गरिसकेको चिनियाँ सञ्चार माध्यमहरुले बताएका छन्।

चीनले आफ्नो भन्दै आएको साउथ चाइना सीमा अमेरिकाले आफ्नो भएको भन्दै दाबी गरी त्यहाँ अमेरिकी युद्वपोत समेत तैनाथ गरेको थियो। यसले चीनलाई थप आक्रोशित बनाएको चिनियाँ रक्षा मन्त्रालयको दाबी छ।

यसैगरी डोक्लम क्षेत्रमा चीन भारतबीच विवाद बढ्दो छ। उक्त क्षेत्रमा भारत र चीन दुवैले सैनिक परिचालन गर्दै आइरहेका छन्। उत्तर कोरियाले गरेको आणविक हतियार परीक्षण पनि विश्वमा एक साझा समस्याका रुपमा देखा परेको छ। जसले विश्व युद्वको पूर्व संकेत गरेको छ।

प्रकाशित: २५ श्रावण २०७४ ११:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App