न्यूयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियामाथि विश्वले कहिल्यै नदेखेको आक्रमण अमेरिकाले गर्ने तयारी गरेको भन्दै कडा चेतावनी दिएका छन्। उत्तर कोरियाले अमेरिकाकी गुमआम सैनिक अखडालाई निशाना बनाई हमला गर्ने बताएपछि आक्रोशित राष्ट्रपति ट्रम्पले उत्तर माथि संसारले नै कहिल्यै नदेखेको फायरिंग अमेरिकाले गर्ने भन्दै कडा शब्दमा धम्की दिएका हुन्।
उत्तर कोरियाले पछिल्लो पटक गरेको अन्तर महादेशीय व्यालेस्टिक मिसाईल परीक्षण विश्वकै एक चुनौती बनेको छ। संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले उत्तर कोरियाको आणविक परीक्षण पछिल्लो समय विश्वको एक साझा चुनौती बनेको बताएकी छिन्।
अमेरिकाको आग्रहमा संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि व्यापारिक नाकाबन्दी लगाइसकेको छ । यसलाई उत्तर कोरियाले देशको सार्वभौमिकता माथिको आक्रमण भनेको छ।
उत्तर कोरियाली नेता किम जोन उनले स्थगित गरिएको आणविक कार्यक्रम सुरु गर्न आदेश दिदै अमेरिकी सैनिक अखडालाई आक्रमण गर्न सक्ने बताएपछि राष्ट्रपति ट्रम्पले यस्तो धम्की दिएका हुन्।
उत्तर कोरियाबाट २ हजार १ सय २८ माइलको दुरीका रहेको अमेरिकाको गुआम सैनिक अखडालाई हमला गर्ने तयारी उत्तर कोरियाले गरेको छ।
प्रकाशित: २५ श्रावण २०७४ ११:२० बुधबार