coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

एनआरएन जापानमा चुनाबी सरगर्मी, अध्यक्षमा लामा र थापाबीच प्रतिस्पर्धा

अध्यक्ष प्रत्यासी लामा र थापा

टोकियो— एनआरएनए जापानको आठौं अधिवेशन नजिकिएसँगै चुनावी सरगर्मी बढेको छ। आउँदो १३ तारिख टोकियोमा अधिवेशन हुने भएपछि एकाएक जापानी नेपाली समुदायको माहोल गर्माएको हो। एनआरएनए जापानको २०१७-२०१९ कार्यसमितिको नयाँ नेतृत्वका लागि टासी वाङ्दी लामा र अनुज थापाबीच प्रतिस्पर्धा हुने देखिएको छ। लामा वर्तमान कार्यसमितिका उपाध्यक्ष हुन् भने थापा महासचिव हुन्। निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिक अनुसार एनआरएनए जापानको अध्यक्षमा लामा र थापाको उम्मेदवारी परेको छ।

'बोल्नेलाई सुनौं,काम गर्नेलाई चुनौं' भन्ने नाराका साथ चुनाबमा होमिएका लामा थोरै बोल्ने र काममा केन्द्रित हुने स्वभावका छन्। सामाजिक अन्तरघुलनमा सधैँ अगाडि रहने लामा युवाबीच प्रिय छन्।

लामा जापानको नेपाली समुदायबीच सुपरिचित नाम हो। सामाजिक कार्यमा सधैं अग्रसर रहने उनी नेपाली समुदायमा सुखदुःख पर्दा सधैँ अग्रसर हुने व्यक्तित्वमध्ये पर्छन्। यही पृष्ठभूमिका कारण उनलाई धेरैले बलियो उम्मेदवारको रुपमा हेरेका छन्। 'बोल्नेलाई सुनौं,काम गर्नेलाई चुनौं' भन्ने नाराका साथ चुनाबमा होमिएका लामा थोरै बोल्ने र काममा केन्द्रित हुने स्वभावका छन्। सामाजिक अन्तरघुलनमा सधैँ अगाडि रहने लामा युवाबीच प्रिय छन्।

एनआरएन जापानको बर्तमान कार्यसमितिमा महासचिवको जिम्मेवारीमा रहेका अनुज थापालाई पनि प्रभावशाली उम्मेदवारीको रुपमा हेरिएको छ। जापानमा नेपालको पर्यटन प्रवर्द्धन गर्न नेपाल पर्यटन बोर्ड प्रतिनिधिको जिम्मेवारीमा छन्। थापा बर्तमान कार्यसमितिको महासचिवमा निर्वाचित भएपछि लामो समय नेपाल बसेका थिए। समुदायको हितमा खट्नुपर्ने समयमा नेपाल गएर व्यापार केन्द्रित भएको भन्दै आलोचना भइरहेको विषय निर्वाचनमा प्रतिविम्बित हुने सम्भावना छ। 'सुस्त होइन बेगले, बलले होइन विवेकले' अनुभव, पारदर्शिता, समर्पण र उत्तरदायित्वको नारा बोकेर उनी चुनाबी मैदानमा छन्। यस वर्षबाट नयाँ सिर्जना गरिएको वरिष्ठ उपाध्यक्ष पदमा बहालवाला उपाध्यक्ष देवीलाल भण्डारीले मात्र उम्मेदवारी दिएपछि उनी निर्विरोध वरिष्ठ उपाध्यक्ष बनेका छन्।

यस्तै महिला उपाध्यक्षमा सविता श्रेष्ठ र अनिता गुरुङ (लामा)ले उम्मेदवारी दर्ता गराएका छन्। श्रेष्ठ र गुरुङबीच पनि कडा प्रतिस्पार्धा हुने धेरैले आँकलन गरेका छन्। २ जना उपाध्यक्षका लागि पाँच जनाको उम्मेदवारी परेको छ। उम्मेदवारी दिनेहरुमा सरोजकुमार खत्री, शिवप्रसाद पौडेल, जीवन न्यौपाने, छत्रबहादुर दाहाल र द्रोणप्रसाद सिलवाल छन्।

नेपालको विकास र समृद्धिका लागि प्रवासी नेपालीको योगदान हुनुपर्छ भन्ने मान्यता राख्ने सिलवालले विद्यार्थी हुँदैदेखि व्यवसायमा हात हालेर रिकन्डिसन गाडीको व्यापारमा उल्लेख्य सफलता हासिल गरेका व्यक्ति हुन्। उनले आफ्नो व्यवसायलाई जापानमा मात्र नभएर नेपालमा पनि विस्तार गरिसकेका छन्। नेपाली समुदायको हितमा प्रशस्तै समय दिएका उनी व्यवसायलाई पनि संस्थागत संरचनामा जोड्न सिपालु मानिन्छन्। सिलवाल सन् २००५ देखी २०१० सम्म चेम्वर अफ नेप्लीज ट्रेडर्स (सिएनटी) निगाता जापानमा सदस्यको रुपमा रहेका थिए। सन् २०१३ देखी २०१९ सम्मको लागि एनआरएनए कोसिनेत्सुमा सलहकारको भूमिका थिए।

जापानका नेपालीहरूको सुखदुःखमा साथ दिंदै आएका यी पाँच उम्मेदवारमध्ये सरोजकुमार खत्री बलियो उम्मेदवारको रूपमा हेरिएको छ। नेपालबाट जापान ल्याउने भन्दै दुई करोड बढी ठगी गर्ने तिवारी प्रकरणका पीडितलाई न्याय दिलाउन उनी लागिपरेका थिए।

जापानका नेपालीहरूको सुखदुःखमा साथ दिंदै आएका यी पाँच उम्मेदवारमध्ये सरोजकुमार खत्री बलियो उम्मेदवारको रूपमा हेरिएको छ। नेपालबाट जापान ल्याउने भन्दै दुई करोड बढी ठगी गर्ने तिवारी प्रकरणका पीडितलाई न्याय दिलाउन उनी लागिपरेका थिए।

यता महासचिव पदमा उम्मेदवारी दिएका बुद्धिराज घिमिरे (बर्तमान कार्यसमितिका सचिब) र विशेश्वरप्रसाद रेग्मी बीच पनि तीब् प्रतिस्पर्धा हुने देखिएको छ। सरल र मिजासिला स्वभावका रेग्मी जापानका नेपालीहरू माझ बौद्धिक व्यक्तित्वको रूपमा चिनिन्छन्। एनआरएनएमा उनको उम्मेदवारीलाई धेरैले स्वागत् गरेका छन्। त्यस्तै सचिवमा जनकविक्रम शाही, बासुदेव लामिछाने र प्रकाश थापाको उम्मेदवारी परेको छ। यी तीन उम्मेदवार मध्ये प्रकाश थापालाई बलियो उम्मेदवारको रूपमा हेरिएको छ। एनआरएनए जापान कान्तो क्षेत्रको संयोजक हुँदा नेपाली बिद्यार्थीहरू लक्षित रोजगार मेला आयोजना गरेका थिए। जापानमा पढाई सकिएपछि जागीर खोज्ने तरिका, प्रक्रियाबारे जानकारी नहुँदा धेरै नेपाली विद्यार्थीहरू समस्यामा पर्ने गरेका छन्। थापाको संयोजकत्वमा नेपाली बिद्यार्थी लक्षित रोजगार मेला हुँदै आएको छ।

प्रल्हादसिंह महत, कालिका थापा र महेन्द्रकुमार अधिकारीबीच कोषाध्यक्ष पदका लागि त्रीपक्षीय भिडन्त हुने भएको छ। यी तिन उम्मेदवार मध्ये महत र थापालाई बलियो प्रतिद्वन्द्वीको रूपमा हेरीएको छ भने सह-कोषाध्यक्षमा अनिल थापा (राम) को एकल उम्मेदवारी परेपछि उनी निर्विरोध भएका छन्।

यस्तै एक जना महिला सदस्यका लागि कमला गैरे, सिर्जना पाण्डे र गीता आचार्य (स्मृति)गरी ३ जनाले उम्मेदवारी दिएका छन्। ५ जना खुल्ला सदस्यका लागि २१ जनाको उम्मेदवारी परेको छ।

खुलातर्फ लालबहादुर रावल(आशीष)जगतबहादुर खड्का(ज्याक),विक्रम खत्री, बालकृष्ण कंडेल (हिमाल), उत्तमकुमार श्रेष्ठ, नरेन्द्रराज सापकोटा, कुमार कार्की, राजु पनेरु, सुरेश रेग्मी, दयाराम खरेल, नारायण खड्का, डिलाराम गैरे, चेतराम गैरे (चेतन), , दिनेश लोहनी, श्याम कंडेल (गोपाल), हस्त लामा, राजनकुमार पौडेल, अस्मीता लामा (वाइबा), टिकाराम कंडेल, सोमनाथ लम्साल, डिल्लीराम शिवाकोटी लगायत छन्।

यसैगरि जापानबाट आईसीसी सदस्यमा कुल ६ जनाको पदमा पाँच जनाको मात्र उम्मेदवारी गरेको परेको छ। जसमध्ये टंकप्रसाद गैरे, कपिल देव थापा, डिलाराम खरेल, दिनेश गुरुङ र केशर गिरीको मात्र उम्मेदवारी परेको हो। उम्मेदवारहरू निर्विरोध निर्वाचित भइसकेका छन्।

प्रकाशित: २५ श्रावण २०७४ ०८:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App