coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेविसंघको महाधिवेशन सम्पन्न गर्न पाँच सदस्यीय समिति गठन

काठमाडौं–नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको ११औं महाधिवेशन सम्पन्न गर्न पार्टी केन्द्रीय सदस्य प्रकाशशरण महतको संयोजकत्वमा पाँच सदसीय समिति गठन गरिएको छ।

सभापति शेरबहादुर देउवाले सोमबार पार्टीका नेताहरुसँग परार्मस गरी केन्द्रीय सदस्यहरु किशोरसिंह राठौर, गोविन्द भट्टराई, गुरुराज घिमिरे र प्रदीप पौडेल सदस्य रहेको समिति गठन गरेका हुन्। संघको महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न गराउनका लागि विद्यमान तदर्थ समितिलाई यथासक्य सहयोग पुर्याई आवश्यक निर्देशन समेत गरेको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पार्टी विधान, २०१७ (संशोधन र परिमार्जित) को धारा २४ (६) अनुसार समिति गठन गरेपनि जनाइएको छ । २०६४पछि महाधिवेशन नभएको नेविसंघले आगामी साउन २३ देखि २५सम्म काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन गर्ने निर्णय गरेको छ । दैनिक २ लाख १० हजार भाडा तिर्ने गरी संघले तीन दिनका लागि उक्त स्थान बुकिङ गरेको जानकारी दिँदै संघका प्रवक्ता यूपी लामिछानेले दुई लाख ३० हजार रुपैयाँ दिइसकेको जानकारी दिए।

संघले महाधिवेशन प्रतिनिधिको विवाद समाधान गर्न लिलाबल्दभ दाहालको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ। समितिले विवादित ११ जिल्लाको टुंगो लगाउने छ । ६४ जिल्ला भने पार्टी पदाधिकारीसहितका नेताहरुको उपस्थीतिमा एक वर्षअघि नै टुंगो लगाइसकेको संघले दाबी गर्दै आएका छन् ।

 

प्रकाशित: १० श्रावण २०७३ ०९:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App