८ वैशाख २०८१ शनिबार
अन्य

‘खुकुलो र सजिलो पहिरन मेरो रोजाइ’

रंगमञ्च हुँदै फिल्ममा प्रवेश गरेकी अभिनेत्री हुन्, मेनुका प्रधान । उनले ‘झिग्राना’, ‘रेशम फिलिली’, ‘पुराना डुङ्गा’, ‘गाजलु’ लगायत फिल्ममा अभिनय गरेकी छन् । राम्रो अभिनयका कारण दर्शकको मनमा राज गरिरहेकी मेनुकाले आफ्नो जीवनका केही प्यारो लाग्ने कुरा ‘नागरिक परिवार’लाई बताएकी छन् :

पुस्तक
मलाई विदेशी लेखक रुमीका प्रायः पुस्तक मन पर्छन् । उनको लेख्ने स्टाइल र कथावस्तुले ध्यान एकाग्र गराइदिन्छ । हरेक वाक्यमा रियालिटी हुन्छ । उहाँको लेखाइले आधुनिक पुरानो दुवै समयको झल्को गराउँछ ।

लेखक
विदेशी लेखकमा रुमीका र नेपाली लेखकमध्ये कृष्ण धरावासी मनपर्छ । उहाँको लेखाइमा समाज र महिलाको यर्थाथता हुन्छ । कृष्ण धरावासीको ‘राधा’ उपन्यासले एकदमै मन छोयो । केटामान्छे भएर पनि नारीको कथालाई सरल ढंगले उठान गरेकोमा धेरै राम्रो लाग्यो ।

पहिरन

मलाई अलि खुकुलो र आफूलाई सजिलो लाग्ने पहिरन लाउन मनपर्छ । कहिलेकाही ठाउँ अनुसारको पहिरन पनि मनपर्छ ।

ठाउँ
मलाई प्रायः घरभित्रै बस्न मनपर्छ । बाहिरी ठाउँको कुरा गर्नुपर्दा नेपालको मुगुको सिघाधाली एकदमै मनपर्छ । त्यहाँ पुराना कलाकृति जीवितैजस्तो अनुभूत हुन्छन् ।
फूल
गुलाब र पहेँला रङका सबैखाले फूल मनपर्छन् ।
गीत
सबैखाले गीत सुन्छु तर विपुल क्षेत्रीका गीत सुन्दा आनन्द आउँछ । उनका गीतमा नेपालीपन र आधुनिकता पाएँ ।
रङ
पहेँलो रङ एकदमै मनपर्छ । यस रङले खुसीको संकेत गर्ने भएकाले पनि होला ।
भेट्न मन लागेको व्यक्ति
मलाई अमेरिकी लेखक डेल्यानलाई एकपल्ट भेट्न मन छ । उनले लेखेका कुराले मन छुन्छन् ।
नेता
अहिलेका नेता मन पर्दैनन् । पहिला मदन भण्डरी एकदमै मनपथ्र्यो । अहिले पनि उहाँका भाषण बेलाबेला इन्टरनेटमा हेर्ने गर्छु ।

सौन्दर्य प्रशाधन
मलाई बाहिरी र बनावटी सौन्दर्य त्यति मनपर्दैन । प्राकृतिक नै ठीक लाग्छ ।

ब्याग
सिम्पल, सजिलो र धेरै सामान अट्ने ब्याग मनपर्छ ।  

चस्मा
कालो रङमा धुलो छेक्ने र नपोल्ने चस्मा मनपर्छन् ।

सपिङ स्टोर
राइजिङ मल र सिटिसी मल । यी मलमा सबैखाले सामान पाइन्छन् ।

हेर्न मन लागेको फिल्म
मलाई पछिल्लो समय हेर्न मन लागेको फिल्म हो ‘डनकिर्क’ । यो फिल्मको प्रोमो अति राम्रो लाग्यो ।  

कपाल
बनावटीभन्दा पनि सिम्पल कपाल मनपर्छ ।

चरित्र
नढाँट्ने र नछल्ने चरित्रको मान्छे मनपर्छ ।

कलाकार
सृष्टि श्रेष्ठ, दिया मास्के, केकी अधिकारी र प्रियंका कार्की मनपर्छ । उहाँहरुको मिहिनेत र समयअनुसार आफूलाई टिकाउन सक्ने कला मनपर्छ ।  

निर्देशक
मलाई साम्तेङ भुटिया निर्देशक अति मनपर्छ । उहाँले समय र परिवेश अनुसारका फिल्म निर्देशन गर्नुहुन्छ ।

गायक/गायिका
सत्यराज आचार्य र रामकृष्ण ढकाल ।  

सहर
नेपालको मुगुको सिघाधाली सहर मनपर्छ । त्यहाँ पुराना कलाकृति जीवितै भेटिन्छ । त्यसबाहेक काठमाडौं र पोखरा पनि राम्रो लाग्छ ।

पर्व
हाम्रा ठूला चाड दसैँ, तिहार, शिवरात्री मलाई अति मन पर्छन् । यी पर्वमा हाम्रो मौलिकतासँगै रमाइलो पनि हुन्छ । त्यस्तै, अन्य पर्वलाई पनि माया गर्छु ।  

प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: २५ श्रावण २०७४ ०७:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App