८ वैशाख २०८१ शनिबार
अर्थ

देश उज्यालो बनाउन १७ अर्बको बिजुली आयात

काठमाडौं – स्वदेशमा उत्पादित बिजुलीले उल्यालो बनाउन नसकिएपछि भारतबाट एक वर्षमा १७अर्बको आयात गरिएको छ ।
 
गत वर्ष प्राधिकरणले भारत र स्वदेशका निजी उत्पादकबाट साढे २८ अर्ब मूल्यको बिजुली किनेको छ । कुल खरिद मध्ये भारतबाट मात्रै करिब १७ अर्बको बिजुली खरिद गरेको थियो । त्यस बाहेक प्राधिकरणले अन्य बिजुली स्वदेशी आयोजनाबाट किनेको हो ।

भारतबाट भन्दा स्वदेशी आयोजनाबाट ज्यादै कम बिजुली किनेको प्राधिकरणको तथ्यांकले देखाउँछ । भारतबाट भन्दा कम साढे ११ अर्बको बिजुली स्वदेशी निजी क्षेत्रबाट किनेको हो ।

पूर्व ऊर्जामन्त्री जनार्दन शर्माले ‘उज्यालो नेपाल अभियान’ सञ्चालन गरेका थिए । त्यही अभियान अन्तर्गत भारतबाट एक वर्षमा उक्त परिणामको बिजुली ल्याएको हो । अघिल्लो वर्ष भारतबाट करिब १५ अर्ब रुपैयाँको बिजुली आयात गरेको थियो । नेपाल अँध्यारो हुनबाट जोगाउन भारतबाट बिजुली ल्याउने अभियानलाई निरन्तरता दिइएको छ ।

पूर्व ऊर्जामन्त्री शार्माले नेपाल उल्यालो बनाउन ‘नेपालको पानी जनताकोे लगानी’ र ‘उज्यालो नेपाल अभियान’ अगाडि सारेका थिए । त्यही अभियान अन्तर्गत नेपाल विद्युत् प्राधिकरणले स्वदेशी तथा विदेशी आयोजनाबाट थप बिजुली किनेर लोडसेडिङ हटाएको थियो । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतबाट सस्तोमा बढी र महँगो दरमा कम बिजुली ल्याएको खुलासा गरे । ‘भारतबाट सस्तोमा बढी र महँगोमा कम ल्याएका कारण प्राधिकरणलाई कम नोक्सानी भएको हो,’ उनले भने, ‘भारतबाट सबै बिजुली महँगो दरमा ल्याएको भए प्राधिकरणलाई अझै धेरै नोक्सान हुन्थ्यो ।’

भारतबाट हाल तीन सय ८० मेगावाट बिजुली आयात भइरहेको छ । भारतबाट आयातित बिजुलीको प्रति युनिट मूल्य पाँच रुपैया“ ७६ पैसादेखि १० रुपैयाँसम्म छ । सबैभन्दा सस्तो भारतको मुजफ्फरपुर तथा टनकपुरबाट र महँगो नर्थ बिहार पावर डिस्ट्रिब्युसन कम्पनी मार्फत आयात भइरहेको प्राधिकरणले जनाएको छ । बिहारबाट किनिएको बिजुलीको मूल्य प्रतियुनिट १० रुपैयाँ हाराहारी पर्छ । 

ढल्केबर मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट आयात भएको बिजुलीको मात्रै युनिटको पाँच रुपैयाँ२८ पैसा पर्छ । गतवर्ष प्राधिकरणले हिउँदमा ढल्केबर–मुजफ्फरपुर क्रस बोर्डर प्रसारण लाइन मार्फत एक सय ४० मेगावाटसम्म बिजुली आयात गरेको थियो ।

ढल्केबरमा निर्माणाधीन सब–स्टेसन बनेपछि भारतबाट थपसय मेगावाट अन्य स्थानबाट भन्दा सस्तो दरमा ल्याउन सकिने ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले बताए ।

प्राधिकरणले टनकपुरबाट हरेक वर्ष नोभेम्बरदेखि जुनसम्म ३० मेगावाटसम्म विद्युत् आयातगर्दै आएको छ । नेपाल र भारत बीच भएको महाकाली सन्धि अन्तर्गतको सात करोड युनिट निःशुल्क बिजुली पनि टनकपुरबाटै आउ“छ । भारतले निःशुल्क दिए पनि प्राधिकरणले नेपाल सरकारलाई प्रतियुनिटचार रुपैया“ ७५ पैसा तिर्नुपर्छ ।  

हिउँदको लोडसेडिङ कमगर्न नेपाल विद्युत प्राधिकरणले भारतबाट सस्तो बिजुली बढी र महँगो कम ल्याउने रणनीति बनाएको छ । हिउ“द सुरु भएपछि खोलामा पानी घट्दा प्राधिकरण र निजी क्षेत्रका नदी बहावमा आधारित (रन अफ रिभर) आयोजनाको उत्पादन स्वात्तै घट्छ । जाडोमा बिजुलीको माग बढ्ने हु“दा यसलाई धान्न भारतबाट वार्षिक रुपमा औसत ३० प्रतिशतभन्दा बढी बिजुली आयात भइरहेको छ। 

प्राधिकरणले भारतबाट व्यापारिक रुपमा, विद्युत् आदान प्रदान सम्झौता (पावर एक्सचेन्ज) र महाकाली सन्धि अन्तर्गतको बिजुली भारतबाट ल्याइरहेको छ । व्यापारिक रुपमा ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइन मार्फत र अन्य स्थानबाट पावर एक्सचेन्ज अन्तर्गत भारतबाट बिजुली ल्याइरहेको छ । व्यापारिक रुपको भन्दा पावर एक्सचेन्ज अन्तर्गतको बिजुली महँगो रहेको प्राधिकरणले जनाएको छ । पावर एक्सचेन्ज अन्तर्गतको बिजुलीको मूल्य वार्षिक साढे पाँच प्रतिशतले बढ्ने व्यवस्था छ । 

भारतबाट सस्तो बिजुली आयातलाई प्रोत्साहित र महँगोलाई निरुत्साहित गर्ने रणनीति रहेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए । ‘दैनिक माग धान्न र प्रणालीले थेगे सम्म भारतबाट सस्तो बिजुली बढी र मह“गो कम ल्यारहेका छौं,’ उनले भने, ‘यसले भारतबाट आयात हुने बिजुलीको मूल्य औसतमा सस्तो बनाउने छ ।’ 

भारतबाट बिजुली आयात गरी लोडसेडिङ अन्त्य गर्ने कार्य योजना अल्पकालीन मात्रै रहेको कार्यकारी निर्देशक घिसिङले बताए । ‘स्वदेशी प्रवद्र्धकस“ग हिउ“दमा किन्ने बिजुलीको मुल्य प्रतियुनिट आठ रुपैया“ ४० पैसा भन्दा भारतबाट ल्याउ“दा सस्तो पर्छ, तर मुलुकका लागि आयात दीर्घकालीन विकल्प हु“दै होइन,’उनले भने, ‘हामीसँग रहेको प्रचूर सम्भावनाको अधिकतम दोहनमार्फत अल्पकालीन रुपमा लोडसेडिङ घटाउने र दीर्घकालीन रुपमा औद्योगिकीकरणमार्फत मुलकलाई समृद्धितर्फ लैजानु पर्छ, यसमै क्रियाशील छौं ।’ सरकारले लोडसेडिङ कम गर्न अल्पकालीन रुपमा भारतबाटै बिजुली आयातको कार्य योजना बनाएको छ । सोही कार्य योजनाका आधारमा प्राधिकरणले भारतबाट बिजुली ल्याइरहेको छ । 

प्रकाशित: २५ श्रावण २०७४ ०७:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App