७ वैशाख २०८१ शुक्रबार
समाज

नागरिककर्मी पौडेललाई धम्की दिएको प्रती आइएफजेद्वारा भत्सर्ना

काठमाडौं- अन्तराष्ट्रिय पत्रकार महासंघ (आइएफजे) ले नागरिककर्मी दिलिप पौडेललाइ नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले दिएको धम्कीको भत्सर्ना गरेको छ।  

घटनाको कडा शब्दमा निन्दा गर्दै आइएफजेले सरकारलाई प्रेस स्वतन्त्रताको प्रत्याभुत गर्दै खड्कामाथी कारबाहीको माग गरेको छ।  

यस किसिमका घटनाले सञ्चारमाध्यमको आलोचनात्मक भूमिकालाई असर पर्ने तथा समग्र लोकतन्त्रलाई नै कमजोर पार्ने आइएफजेले जनाएको छ।

नेपाल आयल निगमको जग्गा खरिदमा करोडौं अनियमितताको आरोप लागेका निगमका कार्यकारी निर्देशक खड्काले पौडेललाई धम्की दिएका थिए। संसदको सार्वजनिक लेखा समितिले निगमको जग्गा खरिदमा अनियमितता भएकोले कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गर्ने निर्णय सार्वजनिक भए पछि खड्काले आफ्नो करिअर सिध्याइदिएको भन्दै धम्की दिएका थिए।

 

प्रकाशित: २४ श्रावण २०७४ १४:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App