८ वैशाख २०८१ शनिबार
समाज

बसले घिसार्दा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं-  बसले मोटरसाइकललाई ठक्कर दिएर २० फिटपरसम्म घिसार्दा २२ वर्षिय अभिशेक घिमिरेको मृत्यु भएको छ। कलंकीको लामपाटीमा मंगलबार बसले घिमिरेले चलाएको मोटरसाइकल ठक्कर दिएको हो।

बागमती यातायातको बा ४ ख २७१३ नम्बरको बसले घिमिरेले चलाइरहेको मोटरसाइकलाई ठक्करदिँदा उनी लडेका थिए। उनी लडेपछि बस चालक मानबहादुर तामाङले बस नरोकी अगाडि बढाएका थिए।

उनले बस नरोक्दा घिमिरे दुर्घटनास्थलबाट २० फिटपरसम्म घिसारिएका थिए । स्थानीयले बस रोक्न दवाव दिएपछि मात्रै तामाङले बस रोकेका थिए।

गम्भिर घाइते भएका उनलाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा ल्याए पनि उनको ज्यान जोगिएन।

महानगरीय प्रहरी बृत्त कालिमाटीका डिएसपी नवराज अधिकारीका अनुसार बाफलबाट जडिबुटी हिडेको बागमती यातायातको बसले मोटरसाइकललाई ठक्कर दिएको थियो । बस र चालक मानबहादुर तामाङ प्रहरी हिरासतमा छन्।

महिनामा ४ सय र्दुघटना

काठमाडौं उपत्यकामा महिनामा करिव ४ सय दुर्घटना हुने गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार असारमा ४ सय ७९ सवारी दुर्घटनाहुँदा १४ जनाले ज्यान गुमाए । जेठमा ४ सय ८७ वटा दुर्घटना भएको थियो भने २० जनाले ज्यान गुमाए ।

 अधिकांश दुर्घटनामा ठूला सवारी चालकको लापरवाही देखिन्छ। सवारी ऐन अन्तर्गत दुर्घटनामा घाइते भएकाको ज्यान जोगिए सबै औषधी खर्च ब्यहोर्नुपर्ने र मृत्यु भए सवारी विमा अनुसार पाँच लाख दिएर सहजै उन्मुक्ति पाउने नीयमका कारण ठूला सवारीसाधनका चालकले दुर्घटनामा परेकाको ज्यान जोगाउनभन्दा गम्भिर घाइते बनाउन बढी केन्द्रित देखिन्छन् । जानजान सवारी दुर्घटना गराए कर्तब्य ज्यान अनुसार कारवाही हुने नियम भए पनि अधिकांश दुर्घटना सवारी दुर्घटनामा बदलिन्छन्।

मंगलबारको दुर्घटनामा परेका घिमिरे घाइते भएपछि बस नरोकी चालकले २० फिटसम्म घिसारेकाले नियोजित देखिन्छ।

‘मोटरसाइकललाई ठक्कर दिएर चालक लडेपछि बसले २० फिट परसम्म घिसारेर लगेको देखिन्छ,’ डिएसपी अधिकारीले भने‘ चालकलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेका छौं।’

दुर्घटना तथ्यांक

बैशाख:

संख्या : ४०१, मृत्यु : १८, गम्भिर घाइते : १३, घाइते : २५२

जेठ

संख्या : ४८७, मृत्यु : २०, गम्भिर घाइते : २२, घाइते : ३८८

असार

संख्या : ४७९, मृत्यु : १४, गम्भिर घाइते : १७, घाइते : ३०९

 

 

 

 

 

 

 

 

प्रकाशित: २४ श्रावण २०७४ १३:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App