८ वैशाख २०८१ शनिबार
समाज

अज्ञात समुहद्धारा जनप्रतिनिधीमाथी सांघातिक आक्रमण

नेपालगन्ज- बाँके, राप्तीसोनारी गाउँपालिका वडा नम्वर १ का वडासदस्य टिकाराम बस्नेतमाथी हतियारधारी समूहले आक्रमण गरेको छ। खासकुश्मास्थित आफ्नै घरमा बसिरहेको अवस्थामा सोमबार राती करिव ८ बजेतिर पाँच जनाको संख्यामा आएको अज्ञात समुहले धारिलो हतियार प्रहार गरी आक्रमण गरेको हो।

  सो समूहले चक्कु प्रहार गर्दा वडा सदस्य बस्नेतको बायाँ खुट्टामा गहिरो चोट लागेको छ, भने बायाँ खुट्टाको हड्डी भाँचिएको बताइएको छ । नेपाली कांग्रेस साविक खासकुश्मा गाउँ ईकाई सभापति समेत रहेका घाईते बस्नेतको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ। उनको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

  घटना लगत्तै प्रहरी परिचालन भएपनि संलग्न व्यक्तिलाई पक्राउ गर्न नसकिएको ईलाका प्रहरी कार्यालय कुसुमका ईन्चार्ज एवम् प्रहरी नायव निरीक्षक पदम ओलीले बताए। वडा सदस्य बस्नेतमाथी कुन उद्देश्यले आक्रमण गरियो ? त्यसबारे स्पष्ट हुन नसकेपनि पीडितको बयान अनुसार मुख्य संलग्न एक व्यक्तिको भने पहिचान भइसकेको प्रहरीले दाबी गरेको छ। 

  घटनाबारे नागरिकलाई प्रतिक्रिया दिदै घाईते वडा सदस्य बस्नेतले आफुलाई सोमबार दिउँसो मात्र गाउँकै सन्तोष बस्नेतले टेलिफोन मार्फत धम्की दिएको भन्दै यो घटना सन्तोषकै योजनामा गराइएको आरोप लगाए। ‘सन्तोषले मलाई पटक–पटक धम्की दिदै आएको थियो, घटनाकै दिन दिउँसो मलाई टेलिफोनमा ‘जे पनि गर्ने’ धम्की दिएको थियो,’ घाईतेले भने ‘सुत्ने तयारी गरिरहेका बेला मुख छोपेर आएका पाँच जनाले म माथी आक्रमण गरिहाले।’

आफुहरु विप्लप माओवादी भएको र धेरै निवेदन परेकाले ‘जनकारवाही’ गर्नु परेको उनीहरुले बताएका थिए। उनले थपे, ‘रातको समयमा मलाई कसैले टाउकोमा पेस्तोल ताके, कसैले चक्कु प्रहार गरे ।’ आक्रमणमा संलग्न मध्ये सन्तोषको हुलिया मात्र पहिचान गर्न सकेको घाईतेको जिकिर छ।

प्रकाशित: २४ श्रावण २०७४ ११:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App