coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

लोकतान्त्रिक फोरमका सहअध्यक्षद्वारा राजीनामा

काठमाडौं— उपप्रधान तथा संघिय मामिलामन्त्री विजयकुमार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम पार्टीका सहअध्यक्ष रामेश्वर राय यादबले पद त्याग गरेका छन्। अध्यक्ष विजयकुमार गच्छदारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले राजीनामा गरेका हुन्।

मधेसलाई आधारभूमि बनाएर गठन भएको पार्टीले मधेसका मुद्दा छोडेर सत्तामुखी भएको आरोप यादबले लगाएका छन्।

राजीनामा दिनुका कारणहरु उल्लेख गर्दै उनले ८ बुँदा सार्वजनिक गरेका छन्। स्थापना कालदेखि हालसम्म पार्टी संस्थागत रुपमा अगाडि बढ्न नसकेको, निस्वार्थ भावले पार्टीमा खट्ने नेता कार्यकर्ताको भावनाको कदर नभएको, पार्टीभित्र आन्तरिक छलफल नगरी बाहिरी प्रभावमा निर्णय लादिने गरेको लगायतका आरोप उनले लगाएका छन्।

मधेसलाई आधारभूमि बनाएर गठन भएको पार्टीले मधेसका मुद्दा छोडेर सत्तामुखी भएको आरोप यादबले लगाएका छन्। एकल नेतृत्वको बोझ एवं सञ्चालनमा पारदर्शिताको अभाव रहेको आरोप उनले लगाएका छन्। महाधिवेशनको भावनाविपरित पार्टीको नाम परिवर्तन एवं पार्टीलाई जागतिगत प्रभावबाट मुक्त गराउन नसकेको उनले आरोप लगाएका छन्।

'मैले उठाएका विषयमा जायज विषयमा पार्टीमा कुनै सुनुवाइ भएन। त्यसैले सहअध्यक्षबाट राजीनामा दिएको हुँ। साधारण सदस्यको रुपमा रहिरहनेछु', उनले नागरिकन्युजसँग भने।

प्रकाशित: २४ श्रावण २०७४ १०:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App