५ वैशाख २०८१ बुधबार
कला

म्युजिक भिडियोमा फुटबलर

काठमाडौं- राष्ट्रिय फुटबल टिमका मिडफिल्डर विक्रम लामा म्युजिक भिडियोमा देखिएका छन्। उनले गायक केबी राई 'आँखाहरु' बोलको गीतमा पहिलोपल्ट अभिनय गरेका हुन्।

केबीको 'मायाप्रेम' एल्बममा समावेश यो गीतको भिडियोमा विक्रमले खेलाडीकै भुमिका निर्वाह गरेका छन्। उनको अपोजिटमा मोडल आरजु खरेल देखिएकी छिन्। 'म खासमा फुटबलर नै हुँ, संयोगवश अभिनय गरेको हुँ,' विक्रमले भिडियो खेल्नुको कारण सुनाए, 'खेलाडीकै भुमिका पाएकाले काम गर्न त्यती गाह्रो भएन। तैपनि बेइज्जत होला कि भन्ने डर थियो, अहिले राम्रै प्रतिक्रिया पाइरहेको छुँ।'

यता भिडियो निर्देशक महेश लिम्बुले भिडियोमा विक्रमले खेलाडीका रुपमा पुर्ण न्याय गरेको बताए।भिडियोमा विक्रमलाई देखेपछि युट्युबमा उनका फ्यानले खुशी व्यक्त गरेका छन्।प्रकाश इङ्नामले लेखेको गीतमा हरि लम्सालले संगीत भरेका छन्।

प्रकाशित: २४ श्रावण २०७४ ०८:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App