coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

गर्मीमा छालाको सुरक्षाका लागि दही

आफ्नो शरीरमा सुन्दर र आकर्षक छाला होस् भन्ने चाहना हरेक मानिसको हुन्छ तर कैयौँ प्रयास गर्दा पनि कतिपयको यस्तो चाहना पूरा हुन सक्दैन । अझ गर्मी मौसममा त छालाको सुरक्षा गर्ने विभिन्न चिन्ता उत्पन्न हुने गरेका छन् । छालाको सुन्दरताका लागि दही साह्रै उपयोगी हुनसक्छ ।
-    अनुहारमा नियमित रुपमा दही लगाउनाले अनुहारमा चमक आउँछ ।
-    दहीले अनुहारमा भएका दाग तथा झुसिलोपनबाट बचाउँछ ।
-    रुखो छालालाई नरम बनाउने काम पनि दहीले गर्छ ।
-    कस्मेटिक सौन्दर्यभन्दा दहीको प्रयोग राम्रो मानिन्छ ।
-    दहीले छालामा मोस्चराइजको काम गर्छ ।
-    दहीमा पाइने लक्टिक एसिडले छालालाई फेसियल मास्कले जस्तै सुरक्षित राख्छ । साथै, छालाको भित्री भागमा रहेको फोहोरलाई बाहिर निकाल्न मद्दत गर्छ ।
-    दहीमा गाजर, काँक्रो र मेवा लगायतका मौसमी फलफूलको रस मिलाएर अनुहारमा लगाउनाले छालामा निखार ल्याउँछ । केही मौसमी तरकारीको रस दहीमा मिसाएर लगाउँदा पनि फाइदा हुन्छ ।  
-    दहीमा कागतीको रस मिलाएर लगाउनाले छालालाई ताजा र स्वच्छ बनाउँछ ।
-    दही र बेसन मिलाएर अनुहारमा लगाउँदा चमकता आउँछ । साथै, दाग धब्बाबाट समेत राहत मिल्छ ।
-    दहीले छाला मात्र होइन कपाललाई पनि पोषण दिन्छ ।
-    आधा कप दहीमा एक चम्चा जैतुनको तेल र एक चम्चा कागतीको रस मिलाएर अनुहारमा लगाई मनतातो पानीले धुनाले अनुहार आकर्षक देखिन्छ ।
-    अमिलो दहीले मालिस गर्नाले घाँटीको पछाडि हुने कालोपन हट्छ ।  
-    लामो समयसम्म बढ्दो उमेरको प्रभाव हटाउन पनि नियमित दहीको लेपले सहयोग गर्छ ।
-    दहीको प्रयोगले नङ र कपाललाई पनि फाइदा गर्छ । हप्तामा दुई पटक कपालमा दही लगाउनाले कपाल सुन्दर देखिन्छ ।

प्रकाशित: २४ श्रावण २०७४ ०७:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App