coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

परनिर्भरता रोक्न आयआर्जमा जोड : सांसद जोशी

पर्वत- सांसद अर्जुनप्रसाद जोशीले बैदेशिक रोजगारीका नाममा युवाहरु पलायन रोक्नुपर्ने बताएका छन्। गाउँमै सीप दिएर वैदेशिक रोजगारीलाई रोक्न स्वरोजगार बनाउनुपर्नेमा उनले जोड दिएका छन्। अब सांसद विकास कोष र सांसद क्षेत्र पूर्वाधार विकास कोषको रकम आफुले त्यसक्षेत्रमै लगाउने उद्घोष गरे।

जलजला–१ बासखर्कस्थित बराहइनी युवा क्लबद्धारा आयोजित नवनिर्मित मञ्चको उद्घाटन गर्दै उनले सडक, बिद्युतीकरण खानेपानी, स्वास्थ्य र शिक्षाको क्षेत्रमा लामो समयदेखि प्राथमिकता दिएको भन्दै अब बैदेशिक रोजगारीलाई रोक्ने र गाउँमै कमाउने दिशातर्फ लक्षित गरेर योजना बनाउने प्रतिबद्धता जनाए। 

'सडक, बिद्युतीकरण, खानेपानी, स्वास्थ्य, शिक्षा क्षेत्रमा जिल्लामा धेरै योजना भित्राएको छु,' उनले भने, 'अबको लक्ष्य भनेको हरेक गाउँमा उत्पादन गरेर कमाउने बनाउनेतर्फ ध्यान केन्द्रीत गर्छु।' बिदेश गएर कमाएको पैसाले अन्यत्र घर बनाएर गाउँ रित्तो हुदै गएकोमा चिन्ता ब्यक्त गर्दै जोशीले भने, 'अब मेरो लक्ष्य गाउँमा बसौ–बसौ बनाउनेतर्फ केन्द्रीत हुन्छ।' युवाहरु बिदेश जादा परनिर्भरता बढेको उल्लेख गर्दै जोशीले स्थानीयस्तरमा रोजगारी र उत्पादन बढाएर बिदेश जाने क्रमलाई रोक्नुपर्ने बताए।

आयआर्जनको स्पष्ट योजना बनाएर ल्याउनेलाई आवश्यक बजेटको ब्यवस्था मिलाउने भनाई सांसद जोशीको छ। 'आयआर्जन गर्न सीप लिनका लागि पैसाको अभाव हुनुपर्दैन' जोशीले भने। उनले पैसाका लागि आयआर्जनमा लगानी अभाव हुन नदिने बताए। 'गाउँमै आयआर्जन गर्छु, सीप चाहियो, आवश्यक मेसीनरी औजार चाहियो भन्छ भने त्यसमा जति लगानी गर्नपनि तयार छु' उनले प्रतिबद्धता जनाए।

प्रकाशित: २४ श्रावण २०७४ ०७:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App