७ वैशाख २०८१ शुक्रबार
कला

म्युजिक खबर अवार्डमा रामकृष्णलाई दुई अवार्ड

काठमाडौं- राजधानीमा गत आइतबार आयोजना गरिएको छैठौं संस्करणको 'म्युजिक खबर अवार्ड २०७४'मा गायक रामकृष्ण ढकालको एल्बम 'आवरण'ले 'सर्वोत्कृष्ट एल्बम सुगम संगीत'को अवार्ड पाएको छ। अवार्डमा रामकृष्णकै स्वर रहेको 'म लडेको मात्र'ले 'सर्वोत्कृष्ट गायक सुगम संगीत'को अवार्ड पोल्टामा पार्‍यो।

गीतसंगीतका विभिन्न ३४ विधामा वितरण गरिएको अवार्डमा पप विधाको पुरुषतर्फ 'मेरो भविष्य'का लागि गायक अमिर देउला उत्कृष्ट ठहरिए। सोही विधाको महिलातर्फ भने  'म पग्लन्छु'का लागि गायिका आकांक्षा बस्याल उत्कृष्ट ठहरिइन्। त्यस्तै संगीततर्फ 'कहाँ पुगें म'का लागि राहुल प्रधान उत्कृष्ट पप संगीतकार बने।

लोकदोहोरी विधामा पुरुषतर्फ 'गोरखातिर जानु'का लागि रविन लामिछाने उत्कृष्ट नवप्रतिभा, महिलातर्फ 'डाँडैमा बिजुली आयो'का लागि कल्पना सुनुवार उत्कृष्ट नवप्रतिभा र प्रकाश भट्ट उत्कृष्ट म्यूजिक भिडियो निर्देशक, मोडल महिलातर्फ 'निष्ठुरी मायालु'का लागि गीता राई उत्कृष्ट म्यूजिक भिडियो मोडल र पुरुषतर्फ 'तिमी फूल हौ काली'का लागि दुर्गेश थापा उत्कृष्ट म्यूजिक भिडियो मोडल तथा पूर्णकला बिसीले उत्कृष्ट गायिका लोकदोहेारीको अवार्ड पाइन्।

त्यस्तै लोकदोहोरी विधाकै लागि 'आँशु झारिरहें'का लागि कस्तुप पन्तले उत्कृष्ट शब्द, 'उही खोलीमा पानी'का लागि बसन्त थापाले उत्कृष्ट भाका, 'आज गाउँमा'का लागि कृष्ण रेउलेले उत्कृष्ट गायक लोकदोहोरी, 'आमाको तस्बिर हातैमा'का लागि विरही कार्कीले उत्कृष्ट लोकगीतको अवार्ड उचाले।

त्यस्तै, पार्श्वतर्फ लक्ष्मण सुवेदीले फिल्म 'लालजोडी'को 'घिटिघिटि' गीतका लागि उत्कृष्ट चलचित्र गीतकार, दुर्गा परियारले फिल्म 'ब्रासलेट'को 'मेरो जिन्दगीमा'का लागि उत्कृष्ट चलचित्र पार्श्व गायिका, गायक कृष्ण काफ्लेले फिल्म 'छक्का पञ्जा'को 'देखन चम्पा'का लागि उत्कृष्ट चलचित्र 'पार्श्व गायक' र दीपक शर्माले यसै गीतका लागि उत्कृष्ट चलचित्र संगीतकारको अवार्ड पोल्टामा पारे।

सुगम संगीततर्फ 'अजम्बरी माया'का लागि रमेश विमानले उत्कृष्ट गजल, 'तिमी बोल'का लागि मिरा कार्कीले उत्कृष्ट नवप्रतिभा महिला सुगम संगीत र उत्कृष्ट म्युजिक भिडियो मोडल महिला सुगम संगीत, 'लजालु रूप'का लागि कमल श्रेष्ठले उत्कृष्ट नवप्रतिभा पुरुष सुगम संगीत, 'कर्मै खोटी'का लागि सनम कठायतले उत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष सुगम संगीत, 'तिम्रै पिरले'का लागि उत्सव दाहालले उत्कृष्ट म्यूजिक भिडियो छायाँकार सुगम संगीत, 'हजार चोट'का लागि टेकेन्द्र शाहले उत्कृष्ट म्यूजिक भिडियो सम्पादन सुगम संगीत र नारायण ढकालले उत्कृष्ट म्यूजिक भिडियो निर्देशक सुगम संगीतको अवार्ड चुमे।

यसैगरी 'मायालु तिम्रो रोजाइमा'का लागि भोला पौडेलले उत्कृष्ट ध्वनि मु›ण सुगम संगीत र सुदिप सागरले उत्कृष्ट संगीत संयोजक सुगम संगीत, 'धेरै पछि'का लागि भीषण मुकारुङ र सुनिता थेगिमले उत्कृष्ट युगल गायन सुगम संगीत, 'नदेख्नु पर्थ्यो'का लागि डा. कृष्णहरि बरालले उत्कृष्ट गीतकार सुगम संगीत, 'नजरमा तिम्रो'का लागि जुना प्रसार्इंले उत्कृष्ट गायिका सुगम संगीत, 'काँडा छोए फूल बन्छ'का लागि सुनिल मास्केले उत्कृष्ट संगीतकार सुगम संगीत र 'बिरामी छ देश'का लागि डा. नवि अधिकारीले उत्कृष्ट राष्ट्रिय भावको गीतको अवार्ड पाए।

म्युजिक खबर डटकमले आयोजना गरेको अवार्डमा गीतकार रत्नशमशेर थापालाई 'म्युजिक खबर दीर्घ साधना सम्मान' दिइएको थियो। अवार्डमा 'हारमा पनि'का लागि रामभक्त जोजिजूलाई 'जुरी अवार्ड', 'डाँडैमा बिजुली'का लागि शंकर बिसीलाई 'पपुलर अवार्ड', 'काँडा छोए फूल'का लागि त्रिलोक रानालाई 'इन्करेजमेन्ट अवार्ड', 'ती नजर'का लागि उदेश श्रेष्ठलाई 'पब्लिक च्वाइस अवार्ड' दिइयो।

कार्यक्रममा गायक शिशिर योगी र गायिका सत्यकला राईलाई 'म्यूजिक खबर दशकको स्रष्टा सम्मान', बालगायक बेगेन्द्र बुढालाई 'म्यूजिक खबर बालप्रतिभा प्रोत्साहन सम्मान', गायक बुद्धिमान घिसिङलाई 'म्यूजिक खबर डायस्पोरा संगीत सम्मान' र डा. नवराज लम्साललाई 'म्युजिक खबर संगीत पत्रकारिता पुरस्कार' दिइएको थियो।

प्रकाशित: २४ श्रावण २०७४ ०३:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App