ठट्टा हैन राष्ट्रवाद

मङ्गलबार, २४ साउन २०७४, ०८ : २९ महावीर पौड्याल

विषय प्रवेश गर्नुपहिले नै विषयान्तर गरेँ, माफ पाउँ। आफ्नै जीविका, आफ्नो परिवार, निकटका नातेदार, छोराछोरीको सुरक्षित भविष्य नेपालकै सुशासन, विकास, राजनीतिक स्थायित्व आदि पक्षमा निर्भर भएकाले होला, शायद देश अधोगतितिर लागेको देख्दा अलि बढी नै डाहा भएर आउँछ। यस्तै भावना बोक्ने सयौँ करोडौँमा छौँ होला हामी। अरबको खाडीमा रातदिन पसिना बगाउनेदेखि जापान, कोरिया, अमेरिका, युरोप पुगेका तर त्यहाँ दुःख गरेर आफ्नो परिवारलाई सुख दिने सपना बोकेकाहरूलाई यो देशको अस्थिरता, यसमाथि हुने नाङ्गो विदेशी हस्तक्षेप, बेरोजगारी, दण्डहीनता आदिले कति मन पोल्दो हो? विदेशमा रहेका तर देशको स्थिति सु„िए स्वदेश फर्कने दिन पर्खेकालाई देश बिगँ्रदै गएकामा हामी यहाँ बसेर बेथिति भोगेकालाई भन्दा बढी पीडा हुँदो हो। यस आलेखमा राष्ट्रवादी र राष्ट्रवाद आदि शब्दलाई परम्परागत, शास्त्रीय अवधारणाका रूपमा भन्दा पनि माथि उल्लिखित भावना समेट्ने बिम्बका रूपमा प्रयोग गरिएको  छ।

हामी नाकाबन्दीको विरोध गर्नेहरू अन्धो राष्ट्रवादी वा राष्ट्रवादी कहलायौँ, त्यसको प्रत्यक्ष/परोक्ष समर्थन गर्नेहरूले आफूलाई प्रगतिशील भनेर चिनाए। अहिले चलेको राष्ट्रवाद–अराष्ट्रवादको बहसको चुरो यतिमात्रै हो।

निश्चय नै राष्ट्र, राष्ट्रियता र राष्ट्रवाद आदि विषयका विभिन्न आयाम छन्। फ्रान्सेली लेखक अर्नेस्ट रेनानको 'दैनिक जनमत संग्रह' देखि बेनेडिक्ट एन्डरसनको 'कल्पित समुदाय' सम्म आइपुग्दा र त्यसपछिका समयमा राष्ट्रवादमा यति धेरै लेखिसकिएको र बहस भएको छ कि त्यसको सविस्तार वर्णन गर्दा एउटा ठेली तयार हुनसक्छ। तर कसैले पनि भूगोल, भाषा, संस्कृति र पृथक पहिचानलाई उपेक्षा गरेका छैनन्। तिनको जोड राष्ट्रियता, राष्ट्रवाद भन्ने विषय जनताले त्यसलाई कसरी सोचेका छन् भन्नेमा निर्भर गर्छ भन्ने हो। पश्चिमा विश्वमा आएको नयाँ राष्ट्रवादको लहरले यो अवधारणालाई  फेरि पनि पेचिलो बनाएको छ। राष्ट्रवादका विषयमा लेख्नु/बोल्नु अपजसिलो अभ्यास हुनसक्छ।

र, पनि भन्न सकिन्छ– राष्ट्रवाद भनेको आफू जन्मेको, बसोबास गर्दै आएको वा आफूले आफ्नो ठानेको, मानेको देशसँगको घनिष्ठता, लगावसँग जोडिएका विषय हुन्। आफ्नो देश अन्य देशभन्दा पछि पर्दापर्दै 'मेरो देश महान्' भन्दै हिँड्न पनि नमिल्ने, मन परे पनि नपरे पनि आफ्नै देशलाई सराप्न पनि नमिल्ने। यस अर्थमा राष्ट्रवाद एक प्रकारको 'इमोस्नल डिलेमा' (भावनात्मक दुविधा) पनि हो। यति हुँदाहुँदै पनि राष्ट्रवादले संसारमा सबैलाई अपिल गर्छ। हरेक देशले आफ्नो राष्ट्रियतालाई अन्य देशको भन्दा उच्च कोटीको भएको वा तीभन्दा निम्नस्तरको नभएको प्रचार गर्छ/गराउँछ। त्यो उसको धर्म हो। प्रायः देशले उसको विगत र संघर्षको 'न्यासनल न्यारेटिभ' बनाउँछन्। चीनले आफूलाई जापानभन्दा फरक भएकामा गर्व गर्ला, कसरी भोकमरी र अभावका बाबजुद आजको अवस्थामा आइपुगियो भन्ने इतिहास प्रवर्द्धन गर्ला, अमेरिकाले आफ्नो स्वतन्त्रता संघर्षलाई गर्वको विषय मान्छ। अन्य देशबाट आफ्नो देश हेपिएको, कमजोर बनाइएको वा कमजोर महसुस गराइएको अवस्थामा यस्ता भावना झनै बलियो भएर आउँछन्। त्यसैले होला अहिले चलिरहेको चीन–भारत द्वन्द्वलाई लिएर भारतमा भारतले गल्ती गर्‍यो भन्ने बिरलै भेटिन्छन्। हरेक देशले यसैगरी आफ्नो 'न्यासनल न्यारेटिभ' बनाउँछ। त्यो कति सही कति गलत भन्ने अर्को पाटो भयो। तर छुट्टै देश, छुट्टै जनता, छुट्टै पहिचान भन्ने अवधारणा रहेसम्म राष्ट्रवादको भावना जीवितै रहनेछ, हामीले चाहे पनि नचाहे पनि, माने पनि नमाने पनि।

पछिल्लो समयमा 'राष्ट्रवाद' र 'राष्ट्रवादी' भन्ने शब्द प्यारोडीको विषय बनाइएको छ नेपालमा। त्यस्ता भावना सामाजिक सञ्जालमा बेलाबेलामा पोखिने गर्छन्। 'तिलाठीका जनता भारतीय सुरक्षाकर्मीद्वारा पिटिँदा किन चूप छन् राष्ट्रवादीहरू?' 'दार्जिलिङमा नेपालीभाषी आन्दोलित हुँदा किन बोल्दैनन् राष्ट्रवादीहरू?'  खोकला राष्ट्रवाद, अन्धो राष्ट्रवाद आदि शब्दावली स्थापित भइसक्यो। यहाँ अहिले देखिएको नेपाली राष्ट्रवादको मुख्य स्रोत के हो र राष्ट्रवादका स्वघोषित विरोधीहरू यसबाट किन डराउनुपर्दैन भन्ने र राष्ट्रवादी र 'अराष्ट्रवादी' बीचको कृतिम विभाजन रेखा कति कमजोर छ भन्नबारेमा  चर्चा जरुरी हुन्छ।  

समकालीन नेपाली राष्ट्रवाद

अहिले प्रचलनमा आएको 'खोकला' राष्ट्रवाद, अन्धो राष्ट्रवाद तथा राष्ट्रवादसम्बन्धी मिडिया डिस्कोर्स कुनै सैद्धान्तिक अवधारणसँग सम्बन्धित छँदै छैन। न यसको सम्बन्ध डोनाल्ड ट्रम्प र नरेन्› मोदीको उदयसँग नै छ। राष्ट्रवाद र राष्ट्रवादीमाथि खनिने परम्परा केही हदसम्म राष्ट्रवादको बहस पनि, सन् २०१५ को संविधान लेखन प्रक्रियामा भारतीय हस्तक्षेप र त्यसपछिको नाकाबन्दीबाट सुरु भएको हो। जसले नाकाबन्दीको समर्थन गरे वा बचाउ गरे, तिनले नाकाबन्दी विरोधीहरूलाई अन्धो राष्ट्रवादीको बिल्ला भिराइदिए र आफूलाई अन्तर्राष्ट्रियवादीझैँ प्रस्तुत गरे। एउटा गरिब र परनिर्भर राष्ट्रका जनता कति राष्ट्रवादी हुन सक्छन् र कहिलेसम्म राष्ट्रवादी रहिरहन सक्छन् भन्ने पक्ष आफ्नै ठाउँमा छ। र, पनि व्यक्तिको जीवनमा झैँ राज्यको जीवनमा पनि सकुन्जेल आफ्नो स्वतन्त्रता र अस्तित्व कायम राख्नुपर्छ भन्ने सिद्धान्तले काम गरेको हुन्छ। आधुनिककालमा नेपालमा राष्ट्रवादको न्यारेटिभ यो सानो देशले कसरी भारत र चीनसँग चलाखीपूर्ण व्यवहार गरी आफ्नो अस्तित्व जोगाउन सफल भयो भन्ने वरिपरि केन्›ित छ। अमेरिकी अध्येता लियो रोजले 'स्ट्राटेजी अफ सर्भाइभल' (जोगिने रणनीति) भनेर ठीकै लेखेका हुन्।

अहिले हामीले कुरा गर्दै आएको राष्ट्रवादको मुख्य जरा भने सन् २०१५/१६ मा भएको मधेसी अधिकारका नाममा गरिएको आन्दोलन र त्यसकै नाममा भारतले लगाएको नाकाबन्दीसँग जोडिएको विषय हो। यो दुई 'दुर्घटना' तत्कालीन समयमा नभएको भए राष्ट्रवादबारे यति धेरै चर्चा/कुचर्चा हुँदैनथ्यो शायद। अथवा अराष्ट्रवादी भएकामा गर्व गर्ने वा राष्ट्रवादी भएकामा अपमानित महसुस गर्नुपर्ने अवस्था आउँदैनथ्यो। यसै पनि राष्ट्रवादीलाई 'खिसीटिउरी' गरिएको त्यसअघि महसुस भएको थिएन।

नाकाबन्दीपछिको राष्ट्रवाद जरुरी थियो। देखादेखी एउटा देशमाथि अर्को देशले प्रत्यक्ष हस्तक्षेप गर्‍यो।। भारतले नेपाललाई देखिने गरी आफ्नो पैतालामुनि राख्न खोजेको सन् असीको दशकपछिको यो पहिलो घटना थियो। मधेसकेन्›ित दलहरू कुनै पनि हालतमा संविधान निर्माण प्रक्रियामा असहयोग गर्ने पक्षमा लागे। तीन दल जसरी पनि संविधान जारी गर्ने पक्षमा उभिए। त्यसपछि भारतले मधेसी दललाई उचाल्यो (वा तिनी उचालिए) संविधान प्रक्रिया तुरुन्त रोक्न दबाब दियो, देखिनेगरी। नाकाबन्दी सुरु भयो, मधेसी नेता खुलेआम सीमापारिलाई आधार बनाएर नेपाली सुरक्षाकर्मीमाथि ढुंगा हाल्न थाले। ती एकपछि अर्का प्रायः असम्भव माग थप्दै जान थाले। सर्वसाधारणको ज्यान गयो, त्यसलाई आन्दोलन भड्काउने अर्को कारण बनाइयो।

अहिले आएर हामी थाहा पाउँदैछौँ त्यस बखत मधेसी दलले आफ्नो माग भनेर उठाएका र भारतले मधेसीका माग भन्दै आएका विषय त आखिर नेपाललाई दुःखमात्रै दिने नियतका साथ उठाइएका रहेछन्। अहिले स्पष्ट हुँदैछ तथाकथित मधेस मुद्दा र आममधेसी समुदायको आवश्यकताबीच ठूलो खाडल छ।

पाँच महिनासम्म चलेको नेपालमाथिको छद्म युद्धको काठमाडौं र देशका विभिन्न स्थानमा रहेका एक समूहले सशक्त विरोध गर्‍यो। त्यसको विपक्षमा उभियो, बोल्यो, लेख्यो। तत्कालीन केपी शर्मा ओली सरकारले पनि कम्तीमा भारतसँग नझुक्ने अडान लियो। हामी नाकाबन्दीको विरोध गर्नेहरू अन्धो राष्ट्रवादी वा राष्ट्रवादी कहलायौँ, त्यसको प्रत्यक्ष/परोक्ष समर्थन गर्नेहरूले आफूलाई प्रगतिशील भनेर चिनाए। अहिले चलेको राष्ट्रवाद–अराष्ट्रवादको बहसको चुरो यतिमात्रै हो।

तपाईँ पनि राष्ट्रवादी

राष्ट्रवादी भएकामा सबैभन्दा आलोचित र निन्दित एक राजनीतिक पात्र हुन् एमाले अध्यक्ष केपी शर्मा ओली। निसन्देह अध्यक्ष ओली आफ्नो राष्ट्रवादी छविको भरपुर उपयोग गर्दैछन्। तर बु‰नैपर्ने कुरा के हो भने सन् २०१५–१६ को नाकाबन्दीको उत्कर्षमा ओलीको स्थानमा जो कोही (पुष्पकमल दाहाल, शेरबहादुर देउवा, महन्थ ठाकुर, विजय गच्छदार वा उपेन्› यादव) भएको भए पनि तिनले नाकाबन्दीविरुद्ध आत्मसमर्पण नगरेका भए आज ओलीको बारेमा जस्तो अवधारणा बनेको छ, उनीहरूका बारेमा पनि त्यस्तै धारणा बन्थ्यो। वास्तवमा दाहाल, कोइराला, गच्छदारहरू ओली राष्ट्रवादका प्रमुख प्रबर्द्धक थिए। 'राष्ट्रिय स्वतन्त्रतामाथि प्रहार गर्न खोजियो' भनेर उनीहरूले टँुडिखेलबाट हामीलाई सुनाएकै हुन। ओलीले चीनसँग व्यापार तथा पारवहन सन्धि गर्दा तीन दलले समर्थन गरेकै हुन्। जुनसुकै स्वार्थका कारणबाट गरेका भए पनि ओलीले त्यसबखत लिएका केही निर्णय तथा अडान (सुशासनको क्षेत्रमा बाहेक) दूरगामी महत्वका थिए र छन्। त्यसलाई अन्धो राष्ट्रवादका नाममा 'डिसमिस' गर्नु उचित होइन। सरकारमा हुँदा वा प्रतिपक्षीमा रहँदा एमालेले केही यस्ता अडान (स्थानीय चुनाव गराउने, सुशीला कार्कीको महाभियोगप्रति विरोध, लोकमानविरुद्ध महाभियोग प्रक्रिया) लियो जसमार्फत आफ्ना कारण आलोचना हुने 'स्पेस' नै राखेन। मधेसमा ओली अप्रिय भएको उनी राष्ट्रवादी भएकाले होइन, उनले बोलीमा लगाम नलगाएका कारणले हो।

नाकाबन्दी र मधेसमा चलेको उग्र आन्दोलनले मधेस र पहाडबीच कृत्रिम विभाजनको रेखा कोरिदियो। मधेसी जति अराष्ट्रिय र पहाडे जति राष्ट्रवादी भन्ने बुझाइयो विभिन्न स्वार्थ समूहद्वारा। तर सत्य के हो भने नेपालको भूबनोट र मधेस–पहाडबीच सामाजिक आर्थिक सम्बन्ध यस्तो छ कि यहाँ न कुनै मधेसी पहाडिया विरोधी हुनसक्छ न कुनै पहाडी मधेस विरोधी नै। मन फाटेको, चित्त दुखेको भरमा बिग्रने सम्बन्ध यो हुँदै होइन।

हामी सबैको राज्यसँग गुनासो छ। नेताहरू भ्रष्ट, अनुत्तरदायी छन्। वर्षौंदेखि यो देशमा आधारभूत सेवाहरू प्रदान गर्न राज्य असफल हुँदै आएको छ। राज्यकोषको दोहन गर्ने खुला प्रतिस्पर्धा चलेको छ यहाँ। यसमा रिसाउनु एउटा कुरा भयो। राज्यप्रतिको वितृष्णाले मानिसलाई अराष्ट्रवादी बनाउँथ्यो भने नेपालीहरू शायद संसारका सबैभन्दा अराष्ट्रवादी देशका बासिन्दा कहलाइन्थे अहिले।

नेपालको राजनीतिक तथा बौद्धिक वृत्त यति साँघुरो छ कि यहाँ लगभग सबैले सबैलाई चिन्छन्, को कहाँ कसका लागि के काम गर्छन् वा कोही किन आफ्नो विचार चाहँदा/चाहँदै पनि खुलारूपमा व्यक्त गर्न सक्दैनन् भन्ने थाहा पाउन उति साह्रो मेहनत गर्नुपर्दैन। तर ती विभिन्न कारणले मौन बस्ने बौद्धिक राजनीतिक वर्ग पनि आखिर राष्ट्रवादी नै हुन्। पेशागत आबद्धता आदि कारणले साँच्चिकै सम्माननीय बुद्धिजीवीहरू पनि चूप बसेका वा लेख्नै/भन्नैपर्ने कुरा पनि नलेखेका/नभनेका प्रशस्तै उदाहरण छन्। 'नेपाल' भन्ने देश नै हुनु हुँदैनथ्यो अथवा यसले स्वतन्त्र राष्ट्रको हैसियत नै पाउनु हुँदैनथ्यो भन्ने स्वाँठहरूसँग तर्क गर्नु बेकार हो तर देशमा स्थायित्व होस् र कम्तीमा अहं मुद्दा आमनेपालीको भावनाअनुसार फैसला होस् भन्ने सोच्ने/चाहना राख्ने तपाईँ/हामी सबै राष्ट्रवादी हौँ। आफूले आफँैलाई के खिसी गर्नु ख्वै?





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

Ncell Footer Ad