सर्वोच्चको फैसला ढिला हुँदा मर्का पर्‍यो : देवी ज्ञवाली

सोमबार, २३ साउन २०७४, १८ : २६ रमेशकुमार पौडेल

चितवन—भरतपुर महानगरपालिकामा मेयर पदमा पराजित एमालेका उम्मेदवार देवी ज्ञवालीले आफ्नो पराजयका कारणहरु पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका छन्। ‘मतपत्र च्यातेपछि निर्वाचन आयोगले जुन निर्णय दियो त्यसरी जाँदा अन्याय हुन्छ भनेर म सर्वोच्च अदालत गएँ। तर अदालतले निर्णय दिन अबेला गर्‍यो। त्यसको असर मलाई पर्‍यो’ सोमबार एमाले चितवनको कार्यालय भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने।

‘जेठ १४ गते मध्यरातमा जुन गणना चलेको थियो । त्यसमा जुन अनुपातमा मलाई मत आएको थियो सरासर गणना भएको भए मैले २६० मतले चुनाव जित्ने अवस्था रहेछ’ पत्रकार सम्मेलनमा ज्ञवालीले भने। सर्वोच्च अदालतले दुई महिना ढिला गरेर निर्णय दिएका कारण पनि आफु मर्कामा परेको उनले बताए।

मतगाणना भइरहँदा भरतपुरको वडा नं. १९ को मतपत्र च्यातिएको थियो। मतपत्र च्यातेपछि सो वडामा फेरि मतदान  गराउने निर्णय निर्वाचन आयोगले दिएको थियो। एमालेले च्यातिएका मतपत्र बदर मानेर अरु गणना हुनु पर्ने अडानमा थियो। निर्वाचन आयोगले जेठ २० मा निर्णय सुनाएपछि एमालेले जेठ २१ मा सो निर्णय खारेज गर्न माग गर्दै रिट निवेदन दर्ता गराएको थियो।

सर्वोच्च अदालतका न्यायाधीस चोलेन्द्र शमसेर जबराले जेठ २२ गते सो निवेदनको सुनुवाइ गर्दै निर्वाचन आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न आदेश गरेको थियो। तर निर्वाचन आयोगको निर्णय आए लगत्तै मेयर उपमेयर पदमा गठबन्धन गरेर उम्मेद्वारी दिएका माओवादी र काँग्रेसले संयुक्त प्रचार कार्यालय स्थापना गरेर चुनावी अभियान सुरु गरेका थिए।

उता सर्वोच्च अदालतले निवेदन दर्ता भएको लगभग दुई महिना पुग्न लाग्दा साउन १५ मा रिट निवेदन खारेज गर्दै निर्वाचन आयोगकै निर्णय सदर गर्‍यो। अदालतबाट त्यस्तो आदेश आएपछि साउन २० गते वडा नं. १९ मा फेरि मतदान भयो। जुन मतदानको नतिजा काँग्रेस माओवादी गठबन्धनको पक्षमा गयो । गठबन्धनबाट मेयरमा उम्मेद्वार रहेकी माओवादी केन्द्रकी रेणु दहालले २०३ मतको झिनो अन्तरले देविलाई पराजित गरिन्।

‘जेठ १४ गते मध्यरातमा जुन गणना चलेको थियो । त्यसमा जुन अनुपातमा मलाई मत आएको थियो सरासर गणना भएको भए मैले २६० मतले चुनाव जित्ने अवस्था रहेछ’ पत्रकार सम्मेलनमा ज्ञवालीले भने। सर्वोच्च अदालतले दुई महिना ढिला गरेर निर्णय दिएका कारण पनि आफु मर्कामा परेको उनले बताए। तत्कालै निर्वाचन भएको भए परिणाम अर्कै हुने सम्भावना रहेको उनको आँकलन छ।

‘दुई महिनासम्म के के गर्ने हो सवै तयारी पुरा गरे। म त मतपत्र च्यातिनाले अन्यायमा परेको थिएँ। मतदान होइन मतगणना गरौं भने र मुद्दा दिएको मान्छेले प्रचार गर्दै हिँड्न पनि भएन। यसो गर्दा विपक्षीलाई नै फाइदा पुग्यो’ ज्ञवालीले भन्यो। एमालेले वडा नं. १९ मा मत माग्दै घर दैलो अभियान नचलाए पनि मतपत्र च्यात्नेहरुको भण्डारफोर गर्ने भन्दै मतदातालाई भने भेटेदै आएको थियो।
    
वडा नं. १९ मा दोहोर्‍याएर मतदान गरे रेणुको पक्षमा धेरै मत ल्याउन सकिन्छ भन्ने आँकलन गरेर माओवादीले योजनावद्ध रुपमा मतपत्र च्यातेको एमालेले आरोप लगाउँदै आएको छ। मतपत्र च्यात्नुभन्दा अघि वडा नं. १९ मा जुन अनुपातमा एमालेका मेयर पदका उम्मेद्वार देवि ज्ञवालीको मत आएको थियो त्यो मतले उनी विजयी हुने सम्भावना थियो।

वडा नं. १९ को मतगाण्ना हुँदा देवि ज्ञवाली ७८४ मतले अगाडी थिए। वडा नं. १९ को १८ सय मत गनेर सकिदा मतान्तर ७३१ मा झरेको थियो। जुन अनुपातमा देविको मत आएको थियो गणना सकिदा देविको अग्रता ६५० मत वरपर हुने अवस्था थियो। वडा नं. १९ मा न्युनतम ४२५  मतको मात्रै अन्तर कायम भएको भए देविले जिन्ते सम्भावना रहेको मतगाणनाको अन्तिम परिणामले देखाएको छ।

निर्वाचनका लागि उम्मेदवारी दर्ता भएर नाम फिर्ता लिने अन्तिम दिन भरतपुर महानगरपालिकामा भएको नेपाली काँग्रेस र नेकपा माओवादी (केन्द्र) बीचको चुनावी तालमेल भएको थियो। काँग्रेसले बिना तालमेल नै भरतपुरमा मेयर उपमेयर जित्न सक्ने सम्भावना भएको ठाउँमा मेयर पद नै माओवादीलाई दिएर तालमेल गरेपछि कार्यकर्ता रुष्ट भएका थिए।

पार्टीका नेताहरुले मनाउन धेरै नै प्रयास गरे पनि काँग्रेस समर्थक मतदाताहरुले रेणुलाई जित्न पर्याप्त हुने मत नदिएको अवस्था थियो। वडा नं. १९ मा दोहोर्‌याएर चुनाव गराउँदा काँग्रेसका असन्तुष्ट मतदातालाई सम्झाएर रेणुको पक्षमा मतदान गराउने वातावरण तयार भएको थियो । जसका कारण शुक्रबार भएकोे मतदानले गठबन्धनबाट मेयर पदमा उम्मेद्वार रहेकी दाहालाई जिन्ते अवसर जुट्यो।

बाँकीले पनि सपथ लिए
आइतबार भएको सपथ ग्रहण कार्यक्रम बहिस्कार गरेको एमालेले सोमबार बिहान सपथ लिएको छ। मतपत्र च्यात्नेहरुसमेत सपथ ग्रहण कार्यक्रममा अतिथि भएर बसेको हुँदा आफुहरुले सो कार्यक्रम बहिस्कार गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो। मतपत्र च्यातेको आरोमापमा प्रहरीले माओवादीका द्रोण सिवाकोटी र मधु न्यौपानेलाई तत्काल समाएर मुद्दा चलाएको थियो उनीहरु एक एक लाख धरौटीमा छुटेका छन्।

कुल २९ वटा वडाहरु रहेको भरतपुरमा १४ वटा वडाका वडाध्यक्ष एमालेले जितेको छ। मेयर जितेको माओवादीले तीनवटा वडामा वडाध्यक्ष जितेको छ। उपमेयरसहित नेपाली काँग्रेसले १२ वटा वडामा वडाध्यक्ष जितेको छ। कुल २९ मध्ये २० वटा वडाका वडाध्यक्षहरुले मात्रै सपथ लिएर पदभार ग्रहण गरेका छन्।

एमालेका दुई वडाध्यक्षलाई सपथग्रहणमा रोक
मुख्य निर्वाचन अधिकृतको कार्यालयले विजेता घोषणा गरेका एमालेका १४ जना वडाध्यक्षमध्ये दुईजनालाई सपथ ग्रहण नगराउन पाटन उच्च अदालतको हेटौंडा इजलासले नै रोक लगाएको छ। एमालेबाट विजयी वडा नं. ४ का वडाध्यक्ष हरि आचार्य र वडा नं. ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेलाई यस्तो रोक लागेको हो।

आचार्य निकटतम प्रतिद्वन्दीभन्दा सात मत र काफ्ले निकटतम प्रतिद्वन्दीभन्दा १४ मत बढी ल्याएर वडाध्यक्षमा विजयी भएका हुन्। प्राप्त मत विवरणहरु गोलमाल गरेर उनीहरुलाई विजयी घोषणा गरेको भन्दै निकटतम प्रतिद्वन्द्वी रहेका काँग्रेसका उम्मेद्वारहरुले अदालतमा फेरि मतगणनाको माग राखेर निवेदन दिएका थिए। निवेदन प्राप्त भए लगत्तै अदालतले सपथ ग्रहणमा रोक लगाएको थियो।

सो वडामा फेरि मतगणना गर्ने वा नगर्ने भन्ने विषयमा अदालतले निर्णय सुनाइ सकेको भने छैन। लिखित जवाफ परेपछि पुनः विचार गर्ने गरी अदालतले सपथ ग्रहणमा रोक लगाएको पत्र पठाएको थियो। अदालतमा लिखित जवाफ परेको छ। ‘आउँदो ३१ गते अदालतमा तारेख छ। त्यही दिन केही निर्णय आउला’ वडा नं. ४ मा वडाध्यक्षमा विजयी हरि आचार्यले भने।   

 








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

Ncell Footer Ad