६ वैशाख २०८१ बिहीबार
राजनीति

खेलुकदमा राज्यले लगानी बढाउँछः मन्त्री केसी

बाग्लुङ- युवा तथा खेलकुदमन्त्री राजन केसीले खेलकुदको माध्यमबाट देशको पहिचान गर्न राज्यले लगानी बढाउने बताएका छन्। रुद्रेपिपल युवा क्लब बाग्लुङले आयोजना गरेको छैठौं सांस्कृतिक एवं तीज महोत्सवको उद्घाटन गर्दै मन्त्री केसीले नेपालको खेलकुद क्षेत्रले पछिल्लो समय आशा लाग्दो प्रदर्शन गरेकाले राज्यले लगानी बढाउने बताए। ‘नेपालको पहिचानमा लागि खेलकुदमा प्रगति गर्नु जरुरी छ,’ उनले भने,‘पछिल्ला दिनहरुमा भरलाग्दा प्रदर्शन भएका छन्। त्यसलाई जोगाएर थप उत्कृष्ट प्रदान गर्नका लागि राज्यले आवश्यक लगानी गर्छ।’ उनले विभीन्न ठाउँमा हुने मेला महोत्सवले अहिले नेपालको खेल क्षेत्र धानिएको समेत बताए।

 ‘समग्र खेलकुद क्षेत्रको विकासका लागि अहिलेसम्म कुनै मेकानिज्म बनेको छैन,’ मन्त्री केसीले भने,‘गाउँशहरमा हुने यस्तै मेला महोत्सवबाटै नेपालको राष्ट्रिय टिमलाई प्रतिनिधित्व गर्ने खेलाडी जन्मिएका छन् ।’ मन्त्री केसीले स्थानीय तहको निर्वाचनसंगै सिंहदरबारको अधिकार गाउँ गाउँमा पुगेकाले स्थानीय तहबाटै खेलकुद क्षेत्रको विकासका लागि योजना बन्नुपर्ने बताए । स्थानीय स्रोत साधनको प्रयोग गरी देशलाई आर्थिक समृद्धीको बाटो लैजानुपर्नेमा उनको भनाई थियो ।

 ‘बागलुङ जिल्ला कला संस्कृति, पर्यटन, कृषि र जलविद्युतमा पनि राम्रो सम्भावना भएको ठाउँ हो,’ उनले भने,‘यसको उचित प्रयोग गरी देशको युवा विदेश पलायनलाई रोक्नुपर्छ ।’ सांसद प्रकाश पौडेलले जिल्लामा खेल क्षेत्रको राम्रो सम्भावना भए पनि आवश्यक खेलमैदान र प्रशिक्षकका अभाव भएकाले यसको समाधान लागि आवश्यक पहल गर्ने बताए।

प्रकाशित: २३ श्रावण २०७४ १२:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App