७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

महिला सहकर्मीलाई अश्लील सन्देश पठाउने पत्रकार निलम्बित

 न्यूयोर्क –  महिला सहकर्मीलाई अश्लील सन्देश पठाएको आरोपमा एक अमेरिकी टेलिभिजन प्रस्तोता निलम्बनमा परेका छन् । 

अमेरिकी टेलिभिजन नेटवर्क फोक्सका प्रस्तोता एरिक बोलिङले ३ महिला सहकर्मीहरूलाई अश्लील सन्देश पठाएको आरोपमा उनलाई निलम्बन गरिएको हो। 

यद्यपी उनका वकिलले भने उनीमाथि लागेको आरोप झुटो भएको बताउँदै आएका छन् । टेलिभिजन नेटवर्क फोक्सले घटनाबारे छानविन हुँदै गरेको र छानविनका क्रममा परीक्षणका लागि उनलाई निलम्बन गरिएको जनाकारी बिबिसीलाई दिएको छ। 
 
बोलिङले फोक्स नेटवर्कमा कार्यरत ३ महिला सहकर्मीहरूलाई विभिन्न प्रकारका अश्लील भिडियो तथा चित्रहरु पठाएको बिबिसीमा उल्लेख छ। 

उनलाई अनुसन्धानको शिलशिलामा निलम्बन गरिएको फोक्सले टेलिभिजनले बताएको छ । बोलिङले सन् २००८ मा फोक्स टेलिभिजन नेटवर्कमा व्यावसायिक पत्रकारिताको सुरुवात गरेका थिए । 

प्रकाशित: २३ श्रावण २०७४ १०:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App