८ वैशाख २०८१ शनिबार
समाज

ललितपुरको कुसुन्तीमा गोली लागेर एकको मृत्यु

ललितपुर – ललितपुरको कुसुन्तीमा गोली लागेर एक जनाको मृत्यु भएको छ । लागु औषध कारोबारमा संलग्न भएको सूचनाका आधारमा प्रबिन खत्रीलाई प्रक्राउ गर्न खोज्दा उनको मृत्यु भएको हो। 

खत्रीलाई विशेष सूचनाका आधारमा प्रक्राउ गर्न उनको घरमा जाँदा खत्रीले २ वटा पेस्तोल निकालेर प्रहरीलाई ताक्नेपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीले गोली चलाएपछि उनले आफ्नै कन्चटमा पेस्ताेल राखेका थिए। 

दाहिने कन्चटमा गोली लागेर घाइते भएका उनलाई उपचारका लागि पाटन अस्पतालमा लगिएको थियो । महानगरीय अपराध महाशाखाका प्रवक्ता प्रकाशजंग कार्कीका अनुसार खत्रीलाई प्रहरीले चलाएको गोली लागेको हो वा आफैँले गोली हानेको हो एकीन हुन सकेको छैन्। 

प्रकाशित: २३ श्रावण २०७४ ०९:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App