८ वैशाख २०८१ शनिबार
समाज

विमानस्थलमा बाँदरको रजाइँ (भिडियो)

काठमाडौं—त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल, राष्ट्रको एक मात्र अन्तरार्ष्ट्रिय विमानस्थल हो। विदेश जाने र फर्किने यात्रुका कारण यो विमानस्थल बिहान ६ देखि राति १२ बजेसम्मै व्यस्त रहन्छ। दैनिक करिब ७० अन्तरार्ष्ट्रिय उडान हुने विमानस्थलको अागमन र प्रस्थान कक्षमा बाँदरले सास्ती दिइरहेको छ। आन्तरिक टर्मिनलतर्फको सैनिक ब्यारेक रहेको जंगलबाट आउने बाँदर समूहले यात्रुको हेन्डब्याग खोस्ने, पसलका खानेकुरा खाइदिने हर्कत गर्दै आएको हो।

प्रस्थान कक्षमा बाँदरले हर्कत देखाइरहँदा विमानस्थलमै भेटिए काँग्रेस नेता एवं पूर्वमन्त्री गगन थापा। दाजुलाई विदाई गर्न आएका उनले व्यंग्यात्मक शैलीमा भने, 'यस्तो दुर्लभ दृश्य विश्वका थोरै मात्र अन्तरार्ष्ट्रिय विमानस्थलमा देख्न पाइन्छ होला।'

सोमबार बिहानै उडानका लागि विमानस्थल पुगेका यात्रुले बाँदरको रजाइँ देखेर छक्क परे। प्रस्थान कक्षका यात्रु देखेर चनाखो बनेको बाँदरले जब खानाको प्याकेट भेट्यो बुरुक्क उफ्रेर माथिको बिममा चढ्यो। 'सुरक्षित यात्राको कामना' (ह्याब अ सेफ जर्नी) सन्देश भएको ठिक अगाडि बसेर उसले एउटा स्याउ खायो। प्रस्थान कक्षमै घुमिरहेको कालो रंगको कुकुरले बाँदरलाई खेद्‌न खोजेपछि उ माथि सुरक्षित स्थानमा गएर बसेको थियो।

प्रस्थान कक्षमा बाँदरले हर्कत देखाइरहँदा विमानस्थलमै भेटिए काँग्रेस नेता एवं पूर्वमन्त्री गगन थापा। दाजुलाई विदाई गर्न आएका उनले व्यंग्यात्मक शैलीमा भने, 'यस्तो दुर्लभ दृश्य विश्वका थोरै मात्र अन्तरार्ष्ट्रिय विमानस्थलमा देख्न पाइन्छ होला।' विमानस्थल व्यवस्थापनले यो विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ थियो।

अन्तरार्ष्ट्रिय टर्मिनलमा भइरहेको बाँदरको रजाइँबारे विमानस्थल व्यवस्थापन बेखबर भने छैन। विमानस्थल सञ्चालन निर्देशक तथा प्रवक्ता प्रेमनाथ ठाकुर बाँदरको हर्कत रोक्न शिकारी माग गरेको नागरिकन्युजलाई बताए। 'अन्तरार्ष्ट्रिय टर्मिनलमा बाँदरको हर्कतलाई लिएर हामी सचेत छौं। बाँदर हटाउन प्रयास गरिरहेका छौं', उनले भने, 'बाँदरलाई मार्ने हो भने फेरि पशुअधिकारको कुरा उठ्दो रहेछ। समाधान खोज्न मुस्किल भइरहेको छ।'

विमानस्थल भित्री भाग रहेको धावनमार्गमा प्रशासनले बन्दूकसहितका शिकारी परिचालन गरेको छ। भित्र खतरा बढेपछि बाँदरको चहलपहल बाहिर क्षेत्रमा देखिएको हो। खानेकुराको खोजीमा बाँदर विमानस्थल यात्रु भएको स्थानमा आउने गरेको विमानस्थल प्रशासनको बुझाइ छ। त्यही भएर विमानस्थल प्रशासनले बाँदरलाई खाना नदिन अंग्रेजी भाषामा सूचनै टाँस गरेको छ। खाना दिएमा मान्छेसँग बाँदरको डर हराउने भन्दै अन्य जंगली जनावरजस्तै  बाँदरसँग टाढै बस्न अनुरोध गरिएको छ।

बाँदरको हर्कतबारे व्यवस्थापन जानकार रहँदारहँदै पनि रोकथाम हुन नसक्नुमा के कारण हो?  'बाँदरहरु पशुपतिनाथतिरको जंगलबाट आउने हुन्। डोमेस्टिकदेखि अन्तरार्ष्ट्रिय टर्मिनलसम्मको भित्री भागमा बन्दूकसहित पाँच शिकारी परिचालित छन्। बाहिरपट्टि पनि शिकारी राख्न हामीले बजेट माग गरेका छौं', प्रवक्ता ठाकुर भन्छन्। त्रिभुवन विमानस्थल व्यवस्थापन हेर्ने मुख्य निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणसँग शिकारी राख्न बजेट माग गरिएको हो। 'बजेट स्वीकृत भएर आउनासाथ शिकारी राखेर बाँदर नियन्त्रण गर्छौं', उनले भने।

प्रकाशित: २३ श्रावण २०७४ ०८:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App