coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

युएई आएको २५ दिनमै नेपाली कामदारको मृत्यु

युएई- युएईको अबुधावीमा एक नेपालीको मृत्यु भएको छ। युएईको अबुधावीस्थित एक सेक्युरिटी कम्पनीमा कार्यरत बुटवलका योगेश सापकोटाको शनिबार साँझ मृत्यु भएको हो। सापकोटा काठमाडौंको सामाखुसीमा रहेको शिवाकोटी मेनपावरबाट गत जुलाई १० गते सेक्युरेटीमा काम गर्न युएई आएका थिए। यूएई आएको २५ दिनमै उनको मृत्यु भएको छ।

विदेशमा आएर पैसा कमाउला र परिवारलाई सुखका साथ पालौला भनेर भर्खर युएई आएका सापकोटाको ड्युटी सुरुवात भएको थिएन। 'शनिबार बिहानदेखि बिरामी परेका सापकोटालाई कम्पनीले उपचारको लागि साँझसम्म पनि हस्पिटल लगेन। सोही कम्पनीमा कार्यरत एक नेपालीले भने, 'साँझ हामी नेपालीहरु मिलेर उनलाई हस्पिटल लैजादै गर्दा सापकोटाको बाटोमै मृत्यु भयो।'

सापकोटाको मुत्यु भएपछि शवलाई अबुधाबीस्थित लाइफ लाइन हस्पिटलमा राखिएको छ। सापकोटाको मृत्युबारे नेपाली दुताबास युएईलाई जानकारी दिईएको छ । घटनाको सत्य तथ्य रिपोर्ट आईसके पछि कम्पनिसंग बार्ता गरेर लाशलाई चाडै नेपाल पठाउने नेपाली दुताबास युएईले जनाएको छ ।

 

प्रकाशित: २३ श्रावण २०७४ ०७:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App