coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

‘बिदाको दिन नजिकै घुम्न मिल्ने ठाउँ होस्’

सञ्चिता लुइँटेल, अभिनेत्री

तपाईंलाई मनपर्ने सहर कुनहो?
मलाई काठमाडौं एकदमै मनपर्छ । सानैदेखि काठमाडौंसँग धेरै नजिक छु ।सबैखाले सेवा–सुविधा र आफ्नानातेदार भएकाले मलाई काठमाडौं मनपरेको हो ।यसबाहेक पोखरा पनि मेरो मनपर्ने सहरमध्ये पर्छ । 

हाम्रा सहर किन व्यवस्थित नभएका होलान् ?
हाम्रा सहर व्यवस्थितनहुनुको मुख्यकारणभएकानीति–नियम र कानुनलाई लागूगर्न नसक्नु हो । यदिभएकाकानुनको पालना गराउने हो भने सहरका धेरैजसो समस्या सल्टिन्छन् ।

हाम्रो देशको एयरपोर्टदेखि नै विदेशीले सफा र सुग्घर देख्न पाउँदैनन् । बाहिरी मुलुककानागरिक नैउत्तरदायीदेखिन्छन् । त्यहाँको सरकारले पनि सहरलाई व्यवस्थितबनाउन कडा नियमलागू गरेको देखिन्छ ।

सहर व्यवस्थितपार्न के गर्नुपर्ला?
सहर व्यवस्थितपार्नसरकार र नागरिक हातेमालो गरी अघि बढ्नुपर्छ । सहर विकासकाजतिपनि योजना छन्,तिनलाई मूर्तरूप दिनुपर्छ ।सडक फराकिलो पार्ने हो भने उपत्यकाको मुख्य समस्या समाधान हुन्छ । जथाभावी प्लटिङ, भवननिर्माणलगायत काम सरकारले तुरुन्तै रोक्न जरुरी देखिन्छ । पुरानो कलाकृतिर मठ–मन्दिरको जर्गेना गर्नु पर्‍यो । नयाँ र पुराना वस्तुको समिश्रण गरेरविकास निर्माण अगाडि बढाउनुपर्छ। 

अहिलेको काठमाडौं कस्तो लाग्छ?
यहीँजन्मिएकालेपनिमलाईकाठमाडौंको मायालाग्छ । यहाँकोमौसम, हावापानीएकदमै मनपर्छ । यहाँपाइने हावापानीविश्वमा सायदै पाइन्छ ।यहाँ सबैखाले सेवा–सुविधा पाइन्छ । ७५ वटै जिल्लाका धेरै मानिसले काठमाडौंमै आएर रोजगारी गरेको पाइन्छ । शिक्षा, स्वास्थ्य, यातायात, सरकारी सेवा–सुविधा काठमाडौं पाइन्छ । दुःखको कुरा पछिल्लो समयकाठमाडौं फोहोर र प्रदूषणले कहरको सहर बनेको छ । सडक निर्माण र खानेपानीकापाइपओछ्याउँदा सबैतिर धुलोधुवाँ फैलिएको छ । सरोकारवालानिकायले यसलाई तुरुन्तै समाधानगर्नुपर्छ।

सहरका मुख्य समस्या समाधा नगर्न के गर्नुपर्ला?
यहाँका सेवा–सुविधालाई स्थानान्तरण गर्नुपर्‍यो । नियम–कानुनलाईकडा गर्ने हो भने सहर राम्रो बन्न सक्छ । जनसंख्याचाप र प्रदूषणलाई हेर्ने हो भने यो ठाउँ एकदमै अव्यवस्थितभइसकेको छ । हेर्दै विरक्तलाग्ने खालको छ । जताततै फोहोर र धुवाँधुलो देखिन्छ । धुलो र खाल्डाखुल्डीले आमनागरिकलाई सास्तीदिएको छ । सहरमा बस्नेले आफ्नो धर्म निभाउनेहो भनेपनि सहर सुध्रिन्थ्यो।

सहरवासीको बानी कस्तो लाग्छ ?
सहर प्रदूषितभयो भनेर हामीले सरकारलाईमात्रै दोष दिन्छौँ, आफ्नोदायित्व देख्दैनौँ । सहरमा बस्ने अधिकांशमा सहर सफा राख्नुपर्छ भन्ने चेतना नै छैन ।सहर सफाबनाउनु हामी सबैको दात्यिवहो । नागरिकले पनिआफ्नो ठाउँबाट भूमिकानिभाउने हो भने सहर सफाबन्न सक्छ । यसकालागिहरेक टोलवासीउठ्न सक्नुपर्छ। 

विदेशका सहर कतिको घुम्नुभएको छ ?
मेलै धेरै देशका सहर घुमेकी छु । तीमध्ये भारतको नयाँदिल्ली र मुम्बई, चीनकाविभिन्न सहर र जापानका सहर एकदमै राम्रो लाग्यो । यी ठाउँका सहर व्यवस्थित र प्रदूषणरहित छन्। 

त्यहाँका सहरलाई हाम्रा सहरसँग दाँज्दा?
मैले घुमेकासहर एकदमै सफा र सुन्दर छन् । ती सहरमाफोहोर र प्रदूषण भन्ने कतै देखिँदैन । हाम्रो देशको एयरपोर्टदेखि नै विदेशीलेसफा र सुग्घर देख्न पाउँदैनन् । बाहिरी मुलुककानागरिक नैउत्तरदायीदेखिन्छन् । त्यहाँको सरकारले पनि सहरलाई व्यवस्थितबनाउन कडा नियमलागू गरेको देखिन्छ । जब हामीविदेशका सहर घुमेर नेपालफर्कन्छौँ,यहाँको फोहोर र दुर्गन्ध देख्दाविरक्त लाग्छ । जताततै फोहोरमात्रै देख्छौँ । यदि सबै पक्षमिलेर कामगर्ने हो भने नेपालका सहर अरु देशका जस्तै सफा र सुन्दर बन्न सक्छन्। 

तपार्इंको सपनाको सहर कस्तो हुनुपर्छ ?
हेर्दै सफा सुग्घर र सुन्दर देखियोस् । सडक फराकिलो र पिचभएको होस् । हरेक सवारीचालकमासडकप्रतिमाया देखियोस् । सडकको छेउछाउ हरियालीहोस् । भएकापार्क र चउर व्यवस्थितबनून् । बिदाको दिन साथीसँग घुम्न मिल्ने नजिकै रमाइला ठाउँ हुन् । यतिभयो भने सहरमाबसेको महसुस हुन्छ । यसबाहेक सरसफाइ, बाटोघाटो निर्माण, व्यवस्थितपार्क, ट्राफिक व्यवस्थापन, धुवाँधुलो रोकथामलगायतविषयमाध्यानदिएर कामगर्ने हो भने सहर सुन्दर बन्छजस्तो लाग्छ। 

काठमाडौं उपत्यकाको मनपर्ने र नपर्ने पक्ष केहो ?
हामीले खोजेका हरेक कुरा यहाँ पाइन्छन् । यो नै उपत्यकाको राम्रो पक्षहो ।यहाँको हावापानीराम्रो छ ।नजिक घुम्ने ठाउँ र मठ–मन्दिर राम्रो लाग्छ ।यहाँको मननपर्नेपक्षयहाँको अव्यस्थित सडक र प्रदूषण नै हो।

मठ–मन्दिर घुम्ने बानी छ ?
मभगवान्प्रतिएकदमै आस्था राख्छु । बिदाकाबेला र प्रायःआइतबार मैले व्रत बस्ने र पशुपतिमन्दिर जाने गर्छु । कहिलेकाहीँव्यस्तताले मन्दिर जाननपाए घरको छतबाट पशुपतिनाथलाई ढोग्छु।

कतै घुम्न जानुपर्‍यो भने कुन ठाउँ रोज्नुहुन्छ?
धुलिखेल, चन्द्रागिरि, बालाजुलगायत ठाउँमा घुम्न जान्छु । यी ठाउँमा गएपछि फरक महसुस हुन्छ। 

प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: २३ श्रावण २०७४ ०६:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App