coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

जिमले फूर्तिली भएकी छु

बेनिसा हमाल, अभिनेत्री
म सिनामंगलको वेस्टर स्पा एन्ड फिटनेस क्लबमा जान्छु । मैले जिमखाना धाउन थालेको डेढ वर्ष भयो । मिहिनेती भएर वर्कआउट गर्न लागेको तीन महिना भयो । हामी कलाकारको जीवनमा जिमको निकै महत्व हुन्छ । कुनै फिल्ममा मोटाउनुपर्छ भने कुनैमा दुब्लाउनुपर्छ । ‘ब्लाइन्ड रक्स’ फिल्ममा पात्र सुहाउँदो बन्नका लागि म दुब्लाएकी थिएँ । ‘झ्यानाकुटी’मा मोटाउनुपर्ने भयो । त्यो फिल्मको लागि मैले आफ्नो तौल ५९ किलो बनाएकी थिएँ । अहिले जिमकै सहायताले लगभग चार÷पाँच किलो घटाइसकँे ।
हामी पब्लिक फिगर भएपछि सबैले नोटिस गर्छन् । त्यसैले पनि फिट हुनु जरुरी हुन्छ । जिम आएपछि भने धेरै कुराहरू सिक्ने मौका पाएकी छु । दिनभर काममा नै व्यस्त हुने भएकाले मैले बेलुकीको डेढ घण्टादेखि दुई घण्टाको समय जिमको लागि छुट्याएकी छु । हप्तामा पाँच दिन जिम जान्छु । दुई दिन भने आराम गर्छु । पाँच दिनमा हरेक दिन फरक फरक अंगहरूको कसरत गरिन्छ । गुरुले दिएको तालिका अनुसारले डाइट लिने गरेकी छु । जङ्कफुड खाँदै खाँदिन । पानी र प्रोटिनयुक्त खानेकुरामा जोड दिन्छु । चिल्लो खानेकुराहरू खाँदिन । दिनमा पाँचदेखि सातओटा अण्डा खान्छु । दिनहुँ अण्डा खाँदा स्वास्थ्यलाई राम्रो गर्दैन भन्ने सुनेको छु तर त्यो एकदमै गलत हो । म जिम जान सुरु गरेदेखि नै लगातार खाइरहेकी छु । यसले म आफैँलाई फाइदा पु¥याएको छ । मेरो हकमा भने अण्डाले फाइदा पुर्याएको छ । सुटिङले बाहिर गएको बेलामा जिम गर्न भ्याउँदिन । त्यस्तो बेलामा बिहान आधा घण्टा हिँडडुल गर्छु ।
जिमखानामा आफ्नो गुरुले भनेको मान्ने गरेको छु । राम्रोसँग बुझेर मात्रै जिम गर्नुपर्छ भन्ने मेरो सल्लाह छ । नबुझेर जथाभावी जिम गर्दा आफ्नै शरीरलाई हानि गर्छ । जिम गर्नुभन्दा पहिला र अहिले आफूमा धेरै परिवर्तन पाएको छु । शारीरिक र मानसिक दुवै हिसाबले फूर्तिलो छु । आफूलाई बलियो भएको अनुभव गर्छु । जस्तोसुकै लुगा लगाउँदा पनि कम्फर्टेबल लाग्छ । यो सबै जिमकै कमाल हो । जिमका फाइदा बुझेपछि त झनै जिम गर्न उत्साह जाग्दोरहेछ । म सेलिब्रेटी नभएको भए पनि आफ्नो स्वास्थ्यका लागि जिमखाना धाउँथे होला जस्तो लाग्छ ।

‘मन लगाएर जिम गर्नुुहुन्छ’
सञ्जीवकुमार श्रेष्ठ, बेनिशाका जिम इन्स्ट्रक्टर
जिमखानाभित्र बेनीसाका धेरै राम्रा पक्षहरू छन् । डाइट फलो गर्नेदेखि मन लगाएर जिम गर्ने उहाँको बानी छ । उपत्यकाबाहिर सुटिङ भएको बेलामा जिमखाना आउनुहुन्न । उपत्यकामा भएको बेला बिहान, दिउँसो र साँझ जुन समय अनुकूल हुन्छ त्यही समय आउनुहुन्छ । नभ्याएको दिन पनि कम्तिमा ४५ मिनेट जिमखानाभित्र बिताउनुहुन्छ । जिमखानाभित्र छिरेपछि अरु कुरा छाडेर जिममा ध्यान केन्द्रित गर्नुहुन्छ । 

प्रकाशित: २३ श्रावण २०७४ ०४:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App