प्रधानमन्त्री भदौ ७ मा भारत जाने

सोमबार, २३ साउन २०७४, ०८ : ३४ नागरिक

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ ७ देखि १२ गतेसम्म भारत भ्रमण गर्ने भएका छन्। पाँचदिने भ्रमण क्रममा उनी नयाँदिल्ली, हैदराबाद र पटना सहर पुग्ने कार्यक्रम छ। भ्रमणमा उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्नेछन्। उनले भारतीय राष्ट्रपतिसँग पनि शिष्टाचार भेट गर्नेछन्। 'प्रधानमन्त्रीज्यूको भारत भ्रमण मिति तय भएको छ। हालसम्म तय भएअनुसार उहाँले भदौ ७ देखि १२ गतेसम्म भारत भ्रमण गर्नुहुनेछ,' परराष्ट्र मन्त्रालय स्रोतले भन्यो।

परराष्ट्र स्रोतका अनुसार भ्रमणमा नयाँ सन्धिसम्झौताभन्दा पनि हालसम्म नेपाल र भारतबीच भएका विकाससम्बन्धी सहमति तथा सम्झौता कार्यान्वयनमा जोड दिइने छ। भ्रमणमा प्रधानमन्त्री देउवाले त्यहाँ रहेका नेपाली समुदायसँग अन्तर्क्रिया गर्नुका साथै भारतीय उद्योगी तथा व्यापारीसँग पनि कुराकानी गर्ने जनाइएको छ। 'भारत भ्रमण क्रममा प्रधानमन्त्रीज्यू राजधानी नयाँदिल्लीबाहेक हैदराबाद र पटना सहर पनि जानुहुनेछ। हैदराबादमा उहाँले सूचना प्रविधिसम्बन्धी जानकारी लिनुहुनेछ।'

नेपालमा अहिले स्मार्ट सिटीको अवधारणा आइरहेकाले भारतको स्मार्ट सिटीबारे जानकारी लिन प्रधानमन्त्री देउवा हैदराबाद जान लागेको स्रोतले बतायो। पटना नेपालसँग सीमा जोडिएको राज्य बिहारको राजधानी भएकाले त्यहाँ प्रधानमन्त्री देउवाले दुई देशको सीमामा हुने समस्याबारे पनि जानकारी लिने जनाइएको छ। 








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad