coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

उदयपुरमा मोवाईल–टेलिफोन सेवामा समस्या

उदयपुर- नेपाल टेलिकमद्वारा सञ्चालित टेलिफोन सेवा आईतबार विहानदेखि उदयुरमा अवरुद्ध भएको छ। टेलिफोन समस्याका कारण यहाँका सेवाग्राही मार्कामा परेका छन् । टेलिकमले वितरण गरेको ल्याण्डलाईन (पिएसटिएन) फोन र मोवाईल (जिएसएम) फोन सेवाबीचको अन्तरसम्बन्ध टुटेपछि सेवाग्राही मार्कामा परेका हुन्।

विहान ९:०० बजेदेखि अवरुद्ध सेवा साँझसम्म सुचारु हुन सकेको छैन । ल्याण्डलाईनदेखि मोवाईलमा र मोवाईलदेखि ल्याण्डलाईनमा सम्पर्क हुन नसकेका कारण सेवाग्राहीलाई मार्का पर्न गएको हो। ल्याण्डलाईनदेखि ल्याण्डलाईन तथा मोवाईलदेखि मोवाईल सेवा भने सुचारु छ । अकिकांश सरकारी कार्यालयहरु ल्याण्डलाईन फोनमार्फत काम गर्नुपर्ने भएकाले समस्या परेपछि सेवाग्राहीले मोवाईलबाट काम गर्न नपाएको गाईघाटका भक्तबहादुर भुजेलले बताए ।

टेलिकम उदयपुरका कार्यालय प्रमुख धर्मेन्द्र यादवले जिएसएम र पिएसटिएन प्रणालीबीचको इन्टरकनेक्सनमा आएको समस्याका कारण यस्तो भएको बताए । इटहरीस्थित टावरमै समस्या आएका कारण पूरै सगरमाथामा आईतबार यो समस्या आएको तर, मर्मत कार्य भईरहेकाले चाँडै सुचारु हुने यादवले बताए ।

प्रकाशित: २२ श्रावण २०७४ ११:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App