८ वैशाख २०८१ शनिबार
कला

'आइ लभ यू’लार्इ एक करोड भ्यूअर्स, केक काटेर सेलिब्रेसन

काठमाडौँ – 'तिमीलाई देखेपछि आइ लभ यू भन्न मन लाग्यो' बोलको गीत युट्युवमा १ करोड पटक हेरिने गीतमा समावेश भएको छ । १ करोड भ्यू पुगेसँगै आइ लभ यू टिमले राजधानीमा एक कार्यक्रम गरी केक काट्दै सेलिव्रेशन गरेको छ। 

सरोज ओली र इन्दिरा जोशीको स्वरमा रहेको उक्त गीत डेढ वर्ष अघि सार्वजनिक गरिएको थियो । बसन्त सापकोटाको संगीत तथा दिनेश थपलियाको शब्द रहेको गीतमा सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली) र पल शाहलाई फिचरिङ गरिएको छ । 

कलाकार तथा सञ्चारकर्मीको उपस्थितिमा भएको कार्यक्रममा कलाकारहरूले एक करोड भ्यू पुगेको अवसरमा शुभकामना दिएका छन् । एक करोड भ्यू पुगेको केक काट्दै गायक सरोज ओलीले आफ्नो गीतलाई एक करोड भ्यु पुर्‍याउने सबै सञ्चारकर्मी तथा सम्पूर्ण दर्शकहरुलाई धन्यवाद दिएका छन्। 

त्यस्तै कार्यक्रममा बोल्दै गीतकार थपलियाले आफूले गीत लेखेर पहिलो पटक श्रीमतीलाई सुनाउँदा तपाईले अब यस्तो गीत लेखेर हुन्छ भन्दै मजाक गरेको अनुभव सुनाए । उनले आफूले विकासवादी गीत मात्र नभएर प्रेम र रोमान्सका गीत पनि लेख्ने गरेको समेत बताए । 

प्रकाशित: २२ श्रावण २०७४ ०७:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App