६ वैशाख २०८१ बिहीबार
खेल

सिंह र सुनुवारद्वारा उपाधि रक्षा

काठमाडौं- साबिक विजेता अरहान्तकेशर सिंहले शनिबार अमृत थापामगरलाई हराउँदै  दोस्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको उपाधि रक्षा गरेका छन्। महिलातर्फको उपाधि पनि साबिक विजेता भावना सुनुवारले हात पारिन्।

पुरुष एकलको फाइनलमा अरहान्तकेशरले पुरानै प्रतिद्वन्द्वी अमृतलाई सोझो सेटमा हराउँदै उपाधि जितेका हुन्। अरहान्तकेशरले १३–११, १२–१०, ११–५ सेटको नतिजा निकालेका हुन्। विजेता अरहान्तकेशरले १८ हजार रुपैयाँ नगद पुरस्कार जित्दा उपविजेता अमृतले १० हजार रुपैयाँ नगद हात पारे।

भावनाले महिला एकलको उपाधि जितेकी हुन्। उपाधि रक्षाक्रममा भावनाले कृष्णा थापालाई ६–११, ११–७, ११–२, ११–७ को सेटमा हराएकी थिइन्। विजेता भावनाले ११ हजार रुपैयाँ नगद पुरस्कार जितिन् भने कृष्णाले ६ हजार रुपौयाँ नगद पुरस्कार हात पारिन्।

जुनियर पुरुष एकलको यु–१५ उमेरसमूहमा गोपाल थापाले सलिम थापामगरलाई सोझो सेटमा हराउँदै उपाधि जिते। उनले ११–२, ८–११, ११–३, ११–३ सेटको नतिजा निकालेका थिए। यसअघि जुनियर पुरुष एकलतर्फको यु–१९ उमेर समूहमा अमिर ब्लोन पहिलो भएका थिए।

भेट्रान ५५ वर्षमाथिको पुरुष एकलको उपाधि इन्द्रबहादुर कार्कीले जिते। उनले किशोर महर्जनलाई ११–७, ११–३, ११–५ को सेटमा पराजित गरेका हुन्। मास्टर्स ४५ देखि ५४ वर्षको पुरुष एकल विधामा सुदीपबहादुर सिंहले प्रज्वलप्रकाश प्रधानलाई सोझो सेटमा हराउँदै उपाधि जिते। उनले ११–५, ११–६, ११–४ को सेटमा नतिजा निकालेका थिए। पुरुष एकलको प्लेटमा आकाश सुनुवार विजयी भए। आकाशले फाइनलमा रत्नकाजी शाक्यमाथि ११–१३, १२–१०, ११–८, ११–१३, ११–५ को नतिजा निकालेका थिए।

 

प्रकाशित: २२ श्रावण २०७४ ०५:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App