६ वैशाख २०८१ बिहीबार
राजनीति

भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल विजयी

चितवन- भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल २ सय ३ मतान्तरले विजयी भएकी छन्। दाहालले ४३ हजार १ सय २७ मत प्राप्त गरिन्। उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका देवी ज्ञवालीले ४२ हजार ९ सय २४ मत प्राप्त गरे।

यस्तै उपप्रमुखमा कांग्रेसकी पार्वति शाहले ४७ हजार १ सय ९७ प्राप्त गर्दै विजयी भइन्। प्रतिद्वन्दी एमालेकी दिव्य शर्मा आचार्यले ३९ हजार ५ सय ३५ मत प्राप्त गरिन्।

पहिलो चरणमा भएको स्थानीय तह निर्वाचन अन्तर्गत भरतपुरमा बैशाख ३१ गते मतदान भएको थियो । २७ वटा वडाको मत गणना सकिएर १९ नम्बरको गणना भइ रहँदा जेठ १४ गते मध्यरातमा गणनामा बसेका प्रतिनिधिहरुले मतपत्र च्यातेका थिए । जसका कारण भरतपुर १९ मा हिजो शुक्रबार दोहराएर मतदान भएको थियो । १९ को च्यातिएपछि गन्न बाँकी २० नम्बर वडाको पनि गणना भएको थिएन।

                मतपत्र च्यातेको आरोपमा प्रहरीले तत्कालै माओवादी केन्द्रका गणना प्रतिनिधिहरु द्रोणबाबु सिवाकोटी र मधु न्यौपानेलाई समाएको थियो । उनीहरु विरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको छ । मतपत्र च्यातिएपछि गणना कार्य स्थगित भएको थियो। एमालेले तत्काल मत गणना सुरु गर्न माग गरेको थियो भने गठबन्धनमा रहेका नेपाली काँग्रेस र माओवादी केन्द्रले सो वडामा फेरि मतदान गराउन माग गरेका थिए।

                निर्वाचन आयोगले पनि मतदानकै निर्णय गरेको थियो । जुन निर्णयका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको थियो । तर सर्वोच्च अदालतले पनि निर्वाचन आयोग कै निर्णय सदर गरेको थियो । अदालतबाट आदेश आएसँगै भरतपुर १९ मा अढाई महिना नहुँदै दोहर्‍याएर मतदान भएको थियो। दोहर्‍याएर मतदान गरे आफ्नो पक्षमा धेरै मतदान गराउन सकिन्छ भन्ने योजनाका साथ माओवादीले मतपत्र च्यातेको एमालेले आरोप लगाउँदै आएको छ।

              

 

 

 

 

प्रकाशित: २१ श्रावण २०७४ १५:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App