coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

राष्ट्रपतिद्वारा दुःख व्यक्त, क्षतिप्रति चिन्ता

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले बागलुङको ढोरपाटन नगर र निसीखोला गाउँपालिकामा पहिरोमा पुरिएर शुक्रबार एकै घरका चार जनासहित छ जनाको तथा डोटीमा जिप दुर्घटनामा परी नौ जनाले जीवन गुमाएकामा गहिरो दुःख व्यक्त गरेकी छन्।

साथै, राष्ट्रपतिले देशका विभिन्न भागमा बाढीपहिरो तथा सडक दुर्घटनामा भएको जनधनको क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गरेको राष्ट्रपतिको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

प्राकृतिक प्रकोपबाट हुने क्षति घटाउन सरकार सधैँ सजग रहनुपर्नेमा राष्ट्रपतिले जोड दिएकी छन्। उनले बाढी पहिरोलगायत प्राकृतिक प्रकोपका घटना र सडक दुर्घटनाबाट हुने जनधनको क्षतिप्रति सचेत रहन सम्बद्ध सबै सरकारी निकायलाई अविलम्ब ध्यान दिन आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ। रासस

 

प्रकाशित: २१ श्रावण २०७४ १४:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App