चीन–चीनको हेवेइ प्रान्तमा मुसलधारे वर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार अपराह्नसम्म १५० पुगेको छ र आँधीका कारण १०४ जना हराइरहेका यहाँको प्रान्तीय नागरिक मामिला विभागले बताएको छ ।
स्थानीय सुरक्षा अधिकारीले उक्त इलाकाबाट खतरामा परेका करिब तीन लाख १० हजार मानिस विस्थापित भएका बताएको छ । बाढी र पहिरोका कारण करिब ५२ हजार घर भत्किएका र करिब एक लाख ६० हजार घरमा क्षति पुगेको स्थानीय प्रशासनले जनाएको छ ।
बाढीले सात लाख हेक्टरमा लगाइएको बालीमा पूर्ण क्षति भएको र यसबाट दुई अर्ब दुई करोड अमेरिकी डलर बराबरको आर्थिक घाटा पुगेको प्रारम्भिक अनुमान गरिएको बताइएको छ ।
बाढीबाट हेवई र हेनान प्रान्त ज्यादा प्रभावित छन् । हेवईमा मात्र मारिनेको संख्या ११४ रहेको त्यहाँका अधिकारीले बताएका छन् । त्यहाँ ५३ हजार घर ध्वस्त भएको र १११ जना वेपत्ता रहेको स्थानीय प्रशासनले बताएको छ । हेनान बाढीले झन् बढी प्रभावित छ ।
त्यहाँ मारिने संख्या कम भएपनि बाढीको क्षति खेप्ने संख्या बढी छ । त्यहाँ ७३ हजार घर बाढीका कारण ध्वस्त भएको बताइएको छ । मर्नेको संख्या १५ रहेको छ । बाढीका बारेमा पूर्व सूचना नदिएको भन्दै त्यहाँका जनताले सरकार विरुद्ध प्रदर्शन गरेका छन् । शुक्रबार दुवै प्रान्तका मानिसले सरकारविरुद्ध प्रदर्शन गरेका थिए । तर सरकारले भने बाढी पीडितका लागि चाँडै नै रकम छुट्याउने वाचा गरेको छ ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...
कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...
आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...
अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...
नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...
नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...
नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...
होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...
यसमा तपाईको मत