coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मतान्तर घटाउँदै रेणु दाहाल

चितवन- भरतपुर महानगरपालिकाको मत गन्न बाँकी रहेको अन्तिम वडाको पनि प्रारम्भिक परिणाम आउन सुरु भएको छ। वडा नं. २० को चार सयम मत गणना हुँदा काँग्रेस माओवादी केन्द्रको गठबन्धनबाट मेयर पदमा उम्मेद्वार रहेकी माओवादी केन्द्रकी रेणु दहालले मतान्तर घटाएकी छन्। १२ सय मत गन्दा दाहाल एमालेबाट मेयर पदमा उम्मेद्वार रहेका देवि ज्ञवालीभन्दा ७६ मतले मात्रै पछाडी छन्।

                वडा नं. २० मा तीन हजार ३०२ मत खसेको छ । सो वडा नेपाली काँग्रेसको राम्रो मतआधार भएको वडा हो । एमालेको संगठन कमजोर रहेको छ । त्यसैले एमालेले वडा नं. २० मा मतान्तर बढाउन सक्ने सम्भावना निकै कम छ ।

                पहिलो चरणमा भएको स्थानीय तह निर्वाचन अन्तर्गत भरतपुरमा बैशाख ३१ गते मतदान भएको थियो । २७ वटा वडाको मत गणना सकिएर १९ नम्बरको गणना भइ रहँदा जेठ १४ गते मध्यरातमा गणनामा बसेका प्रतिनिधिहरुले मतपत्र च्यातेका थिए । जसका कारण भरतपुर १९ मा हिजो शुक्रबार दोहराएर मतदान भएको थियो । १९ को च्यातिएपछि गन्न बाँकी २० नम्बर वडाको पनि गणना भएको थिएन ।

                मतपत्र च्यातेको आरोपमा प्रहरीले तत्कालै माओवादी केन्द्रका गणना प्रतिनिधिहरु द्रोणबाबु सिवाकोटी र मधु न्यौपानेलाई समाएको थियो । उनीहरु विरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको छ । मतपत्र च्यातिएपछि गणना कार्य स्थगित भएको थियो । एमालेले तत्काल मत गणना सुरु गर्न माग गरेको थियो भने गठबन्धनमा रहेका नेपाली काँग्रेस र माओवादी केन्द्रले सो वडामा फेरि मतदान गराउन माग गरेका थिए ।

                निर्वाचन आयोगले पनि मतदानकै निर्णय गरेको थियो । जुन निर्णयका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको थियो । तर सर्वोच्च अदालतले पनि निर्वाचन आयोग कै निर्णय सदर गरेको थियो । अदालतबाट आदेश आएसँगै भरतपुर १९ मा अढाई महिना नहुँदै दोहर्‍याएर मतदान भएको थियो। दोह¥याएर मतदान गरे आफ्नो पक्षमा धेरै मतदान गराउन सकिन्छ भन्ने योजनाका साथ माओवादीले मतपत्र च्यातेको एमालेले आरोप लगाउँदै आएको छ ।

                भरतपुरमा नेपाली काँग्रेसले एक्लै चुनाव जित्ने अवस्था थियो । यस्तो ठाउँमा मेयर पद नै माओवादीलाई दिएर तालमेल गरेको भन्दै काँग्रेसका मतदाताहरु रुष्ट भएका थिए । माओवादी र काँग्रेसका नेताहरुले संयुक्त अभियान चलाए पनि मतगणना हुँदा काँग्रेसलाई मतदान गरेकाहरुमध्ये धेरैले मेयरमा रेणु दाहाललाई मतदान नगरेको देखिएको थियो । तर हिजो भएको वडा नं. १९ को निर्वाचनमा काँग्रेस समर्थक मतादाता अधिकांसले रेणुलाई मतदान गरेका थिए। जसको फाइदा गठबन्धनलाई भयो ।

प्रकाशित: २१ श्रावण २०७४ ११:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App