८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

पेरिस सम्झौताबाट बाहिरने अमेरिकाको निर्णय

न्यूयोर्क – अमेरिकाले जलवायु परिवर्तनको पेरिस सम्झौताबाट बाहिरिने  जानकारी संयुक्त राष्ट्रसंघलाई दिएको छ। 
जलवायु परिवर्तनको पेरिस सम्झौताबाट बाहिरिने निर्णय राष्ट्रपति ट्रम्पले गत जुनमा नै गरेतापनि यसको पूर्णरूपमा बहिर्गमनको प्रक्रिया नसकिएकाले औपचारिक रूपमा यसको कार्यान्वयन भइसकेको छैन्। राष्ट्रपति ट्रम्पले गत जुनमा गरेको यस निर्णयको कार्यान्वयन हुन लागेको जानकारी ह्वाइट हाउसले दिएको छ । 

बर्हिगमनको प्रक्रियाको अन्त्य नभइसकेको हुनाले उक्त प्रक्रिया नसकिएसम्म जलवायु परिवर्तन सम्बन्धी बैठकका अमेरिकाले सहभागी  कायमै राख्ने बताएको छ । 

पेरिस सम्झौतामा राज्यले आर्थिक नोक्सानी व्यहोर्नुपर्ने, रोजगारीका अवसरहरू गुम्ने तथा उर्जा शक्तिको नाश हुने कारण अमेरिका पेरिस सम्झौताबाट बाहिरिने निर्णय राष्ट्रपति ट्रम्पले गत जुनमा गरेका थिए । 

पेरिस सम्झौताको बहिर्गमनको निर्णयमा वार्ता समेत गर्न सकिने सूचना ट्रम्प प्रशासनले दिएको थियो । 

पेरिस सम्झौताको परिमार्जनका लागि राष्ट्रपति ट्रम्पले राखेको विषयहरूलाई कार्यान्वयन गर्न नसकिने भन्दै विश्वका नेताहरूले  इन्कार गरेका थिए ।  फ्रान्स भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पलाई फ्रान्सका राष्ट्रपति एम्मानुयल मार्काेले पेरिस सम्झौताबाट अलग नहुनका लागि समेत आग्रह गरेका थिए । 

प्रकाशित: २१ श्रावण २०७४ ०९:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App