coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अपहरणका योजनाकार पक्राउ

काठमाडौँ – आफ्नै साथीका छोरा अपहरण गरी ५० लाख फिरौती माग्ने राजु विश्वकर्मा पक्राउ परेका छन् । महानगरीय प्रहरीले शाखाले उनलाई शनिबार पक्राउ गरेको हो । 

विश्वकर्माले ५ वर्षीय बालक विशाल चौधरीको अपहरणको मुख्य योजना बनाएका थिए । गत बिहीबार विशालको अपहरण गरी उनले ५० लाख फिरौतीका लागि माग गरेका थिए । 

विशाललाई विद्यालयबाट निस्कने बेलामा मोटरसाइकलमा राखी उनको अपहरण गरिएको थियो । 

अपहरणको दुई दिन पछि उनका बाबुलाई फोन गरी शनिबार ५० लाख फिरौतीका लागि मागिएको थियो । अपहरणकारी विशालका बाबुका १४ वर्षदेखिको घनिष्ट साथी भएको अनुसन्धानबाट पुष्टि भएको छ । 

सोमबारदेखि प्रहरीले उनको खोजी गरेको थियो ।  सपरिवार फरार भएका उनलाई पक्राउ गरी महानगरीय प्रहरी अपराध महाशाखाले सार्वजनिक गरेको छ ।  

प्रकाशित: २१ श्रावण २०७४ ०९:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App