८ वैशाख २०८१ शनिबार
राजनीति

डा. केसीको समर्थनमा पूर्व प्रधान न्यायाधीस कार्की सडकमा

काठमाडौँ – १३ दिनदेखि आमरण अनशनमा रहेका डाक्टर गोविन्द केसीको माग पुरा गर्न  दबाब दिन पूर्व प्रधानन्यायधिस शुसिला कार्की सडकमा उत्रेकी छिन्। 

विभिन्न समयमा सरकारले सम्झौता गरेपनि माग पुरा नगरेपछि डाक्टर केसी अनशनमा छन् । कार्की लगायत नागरिक अगुवा ‘म केसीसँगै छु’ भन्ने ब्यानर बोकी प्रदर्शनमा उत्रेका हुन्।  

सयौँका संख्यामा रहेका प्रदर्शनकारीहरू माइतिघरबाट बानेश्वर तर्फ अगाडि बढीरहेका छन् । र्‍यालीको नेतृत्व गर्न कार्कीलाई मानव अधिकारकर्मी कृष्ण पहाडी, नागरिक अगुवा सुवोधराज प्याकुरेल लगायतले साथ दिएका छन्। 

र्‍यालीमा उपस्थितहरूले चिकित्सा ऐन पारित नगरी निदाएको भन्दै सभासदलाई ब्युँझाउन घण्टी बजाउँदै समेत प्रदर्शन गरिरहेका छन्। 

 

प्रकाशित: २१ श्रावण २०७४ ०६:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App