४ वैशाख २०८१ मंगलबार
अन्य

आइ ड्रप अत्यधिक प्रयोग गर्नु खतरनाक

अहिले वर्षाको समय छ । यस बेला हामीलाई आँखासम्बन्धी संक्रमण ‘कन्जन्टिभिटिज’को समस्या अत्यधिक हुन सक्छ । आँखासम्बन्धी इन्फेक्सनबाट बच्नका लागि हामीले अत्यधिक रुपमा ‘आई ड्रप’ प्रयोग गर्ने गर्छौं । तपाईंलाई थाहा नहुन सक्छ, यसको अत्यधिक प्रयोग स्वास्थका लागि हानिकारक हुन्छ ।

इन्टरनेशनल जर्नल अफ अप्थलमोलजीमा प्रकाशित शोधका अनुसार करिब ६० प्रतिशत ‘कन्जन्टिभिटिज’ संक्रमण जीवाणुका कारणले हुनेगर्छ । यसको उपचारमा एन्टिबायोटिकको कुनै भूमिका हुँदैन । ‘कन्जन्टिभिटिज’ एउटा यस्तो परिस्थिति हो, जसमा कन्जक्टिवा (आँखा अगाडिको सतहमा पाइने निकै सानो झिल्ली) पोल्ने तथा आँखा रातो हुने गर्छ । यसले आँखाको शक्तिलाई सीमित पारिदिन्छ । मनसुनको याममा ‘कन्जन्टिभिटिज’ हुनु सामान्य कुरा हो किनभने यो समयमा चिसोपन बढी हुने भएकाले ब्याक्टेरिया र भाइरस विकसित गर्न भूमिका खेल्छ ।  
आँखा विशेषज्ञहरुका अनुसार पहिले–पहिले आँखामा अन्य किसिमका संक्रमण नहोस् भनेर बिरामीलाई एन्टिबायोटिक औषधि खान सिफारिस गरिन्थ्यो । हिजोआज भने एन्टिबायोटिकको दुरुपयोग नै हुन थालेकाले यसको अत्यधिक प्रयोगले आँखाको सतहमा असर पुर्याउने देखेपछि यसको प्रयोग कम गर्न सतर्कता अपनाउने सुझाव दिन थालिएको छ ।
पश्चिमा मुलुकहरुको तुलनामा दक्षिण एसियाली मुलुकमा ‘कन्जन्टिभिटिज’को समयस्या बढी देखिने गरेको छ । सेन्टर फर साइटका प्रमुख डा. महिपाल सचदेवका अनुसार कैयौँ पटक ‘कन्जन्टिभिटिज’बाट बच्नका लागि पनि एन्टिबायोटिक्स सिफारिस गर्ने गरिन्छ । अधिकांश अवस्थामा भाइरस नै ‘कन्जन्टिभिटिज’ को कारण हुने उनको दाबी छ । ‘कन्जन्टिभिटिज’ हुनुको मुख्य कारण ब्याक्टेरिया हो या भाइरस भनेर जाँच्न सम्भव नहुने भए पनि भाइरसबाट हुने समस्या एक सातामा आफैँ निको हुने चिकित्सकहरु बताउँछन् । तर ब्याक्टेरियामार्फत हुने समस्या भने कर्नियासम्म पुग्ने र यसले दीर्घकालसम्म पनि आँखालाई असर पुर्याउने विज्ञहरु बताउँछन् ।

प्रकाशित: २१ श्रावण २०७४ ०६:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App