७ वैशाख २०८१ शुक्रबार
समाज

नागरिककर्मी पौडेललाई धम्की दिएको प्रती महासंघद्वारा निन्दा

काठमाडौं- नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले नागरिक दैनिकमा कार्यरत पत्रकार दिलीप पौडेललाई धम्की दिएको घटनामा नेपाल पत्रकार महासंघले निन्दा गरेको छ।

समाचार संकलनको लागि आपूर्ति मन्त्रालय पुगेका पौडेललाई धम्की दिनु खेदनजक भएको महासंघले जनाएको छ । महासंघका सचिव प्रभात चलाउनेद्वारा हस्ताक्षर गरी प्रकाशित विज्ञप्तिमा समाचारमा चित्त नबुझे कानुनी उपचार मार्ग हुँदाहुँदै धम्कीमा ओर्लेर पे्रस स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप गर्न खोज्ने खड्काको व्यवहारको भत्सर्ना गर्दै स्वतन्त्र पत्रकारिताको भावनाको सम्मान गर्न आग्रह गरिएको छ।

संसदको सार्वजनिक लेखा समितिले निगमको जग्गा खरिदमा अनियमितता भएकोले कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गर्ने निर्णय सार्वजनिक भए पछि खड्काले धम्की दिएका हुन् । नागरिककर्मी पौडेलले गत साउन २ गते ‘डेढ अर्बको जग्गा किन्दा ६७ करोड घोटाला’ शीर्षकको समाचार मार्फत अनियमिता सार्वजनिक भए पछि समितिले छाननिव गरेर कारबाहीको लागि सिफारिस गरेको हो ।यसैबीच नेपाल कृषि पत्रकार प्रतिष्ठान(जोना)ले पनि एक विज्ञप्ति प्रकाशित गरी निन्दा गरेको छ।

 

प्रकाशित: २० श्रावण २०७४ १४:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App