coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा शुक्रबार पनि नेटो सैनिक मारिए

कान्दाहार – अफगानिस्तानको राजधानी काबुल बाहिरी इलाकामा भएको एक आत्मघाती आक्रमणमा परी शुक्रबार पनि एकजना नेटो सैनिक मारिएका छन्। 

अफगानिस्तानमा बिहीबार मात्र दुई जना अमेरिकी नेटो सैनिकको हत्या भएको थियो । शुक्रबार एक नेटोआवद्ध सैनिक मारिनुको साथै अन्य छ जना घाइते भएको समाचारमा जनाइएको छ। 

बिहीबार कान्दाहार सहरको विमानस्थलमै तालिबानले गरेको आक्रमणमा दुई अमेरिकी सैनिक मारिएका थिए। 

काबुलबाट उत्तरी इलाकामा शुक्रबार एक आत्मघाती व्यक्तिले बिहान आठ बजे प्रहरी चौकीमा आक्रमण गरेका थिए। आक्रमणमा पाँच विदेशी सैनिक र एक भाषा अनुवादक घाइते भएका छन्। 

अफगानिस्तानको टोलो टेलिभिजनका अनुसार मारिएका र घाइते भएका ती सैनिक कुन देशका हुन भन्ने बारेमा नेटो सैनिकले प्रंष्ट गरेको छैन्। 

अफगानिस्तानमा सन् २०१५ को अन्त्यदेखि नेटो सैनिक फर्किएको भनिए पनि हाल १३ हजार अमेरिकी नेतृत्वका नेटो सैनिक बाँकी रहेका छन्। 

प्रकाशित: २० श्रावण २०७४ ११:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App