coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

९७ वर्षको उमेरमा नागरिकता

रुकुम – यहाँकी एक वृद्ध महिलाले ९७ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेकी छिन् । बाँफिकोट गाउँपालिका वडा नं. ८ की सर्केनी बुढाले ९७ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी हुन् ।

पहिला आवश्यक नपरेको र सदरमुकाम आउन नसक्दा नेपाली नागरिकता पाउनबाट आफू वञ्चित भएको बुढाले बताइन् । नागरिकता नहुँदा वृद्धाभत्ताबाट समेत उनी बञ्चित थिइन् । नागरिकता प्राप्त गरेपछि उनले वृद्धभत्ता पाउने बाँफिकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीले बताए ।

नागरिकता पाउँदा आफू खुशी भएको बुढाले प्रतिक्रिया दिइन् । जनचेतना र सदरमुकाम आउन नसक्दा यहाँका दर्जनौं वृद्धवृद्धाहरू नागरिकता पाउनबाट वञ्चित छन् । उनीहरूका लागि विशेष कार्यक्रम ल्याएर नागरिकता वितरण गर्नु पर्ने वृद्धवृद्धाहरूले बताएका छन् । नेपाली नागरिकता पाउनु सबै नेपालीको अधिकार भएकाले यस्तो अधिकारबाट कसैलाई वञ्चित गर्न नहुने नरबहादुर नेपालीले बताए ।

‘उनीहरूलाई सदरमुकामसम्म आउन जान खर्च व्यहोरेर नागरिकता उपलब्ध गराउनु पर्छ’ उनले भने ‘त्यसो नभए कर्मचारीहरू विवरण संकलन गरी घुम्ती सेवा मार्फत नागरिकता दिनुपर्छ ।’ नागरिकता नपाउँदा विभिन्न सेवा सुविधा र वृद्धभत्ताबाट वृद्ध वृद्धाहरू वञ्चित भएको भन्दै उनले भने ‘वृद्धवृद्धाहरू नेपालीपन दिनु पर्छ।’

प्रकाशित: २० श्रावण २०७४ १०:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App