८ वैशाख २०८१ शनिबार
समाज

४३ घण्टापछि खुल्यो नारायणगढ मुग्लिन सडक

चितवन – ठाउँ ठाउँमा पहिरो जाँदा बुधबार साँझदेखि अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक खण्ड अहिले सवा दुई बजेदेखि खुलेको छ । नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार झण्डै ४३ घण्टापछि बाटो खुलेको हो। 

कूल ३६ किलो मिटर लामो सो सडक खण्डमा मुग्लिनदेखि गाईघाटसम्म १० ठाउँमा पहिरो खसेको आयोजनाले जानकारी दिएको छ । आयोजना सुरु भएदेखि यताकै सवैभन्दा ठूलो पहिरो अहिले खसेको आयोजानको भनाई छ । बुधबार साँझ मुग्लिन नजिक तीन किलो भन्ने ठाउँमा  एउटा यात्रु बस र एउटा स्कारपिया जीप पहिरोमा पुरिएका थिए। 

त्यस्तै चेपाङ डाँडा नजिक पनि मालवाहक दुईवटा ट्रकलाई पहिरोले पुरेको छ । संयोगवश गाडीमा रहेका सबै यात्रुहरू सकुशल छन् । आयोजना सुरु भएयता साउन १५ सम्म मात्रै १४१ वटा पहिरो आएर २१ वटा गाडीमा क्षति पुगेको आयोजना कार्यालयले जानकारी दिएको छ । जसमा पाँचजना यात्रुको ज्यान नै गएको छ । एकजना यात्रु बेपत्ता छन् । चारजना घाइते भएका छन्।

मुग्लिन नारायणगढ सडक खण्ड राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरलाई देशको पूर्वी र पश्चिम क्षेत्रसँग जोड्ने मुख्य मार्ग हो । यो सडक खण्ड भएर दिनहँु १० हजार गाडी ओहर दोहर गर्छन् । दुई वर्षभित्र काम सक्ने गरेर सन् २०१५ को अप्रिलमा विस्तारको काम सुरु भएको हो । तर समय सकिएको चार महिना हुन लाग्दा जम्मा आधा काम मात्रै सकिएको छ। 

प्रकाशित: २० श्रावण २०७४ ०९:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App