८ वैशाख २०८१ शनिबार
समाज

श्रीमतीको हत्याको आरोपमा श्रीमान पक्राउ

भोजपुर – भोजपुर नगरपालिका – ६ देउरालीमा कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।  

४६ वर्षीया अम्बिका श्रेष्ठ राईको हत्या गरेको आरोपमा ४७ वर्षीय नारदमुनि राईलाई प्रहरीले पक्राउ गरेको हो । गए राती एक बजे एउटै कोठामा सुतेकी श्रीमतीको मृत्यु भएको र शरिरमा निलडाम भएकोले हत्या गरेको आशंकामा नारदमुनिलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ। 

मृतकको शव पोष्ट मार्टमको लागि जिल्ला अस्पताल भोजपुर पठाइएको छ । नारदमुनिको बयान अनुसार राती ऐया भनेको उनको त्यतिकैमा मृत्यु भएको हो । अम्बिका उनि सुतेकै विस्तारामा मृत अवस्थामा भेटिएको प्रहरीको भनाई छ । हत्या भएको हो, होइन भन्ने पोष्टमार्टम रिपोर्ट पछि मात्र भन्न सकिने प्रहरीको भनाई छ। 

प्रकाशित: २० श्रावण २०७४ ०७:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App