coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

नेइमार सरुवामा नयाँ मोड

बार्सिलोना- स्पेनिस फुटबल लिगले बिहिबार २२ करोड २० लाख युरोको चेक लिन अस्वीकार गरेपछि ‘शताब्दी सरुवा’ को रूपमा लिइएको ब्राजिलियन स्ट्राइकर नेइमार फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन(पिएसजी) सरुवाले नयाँ मोड लिएको छ।

अधिकारीहरूले यस सरुवाको सम्झौता रकम युइएफएको आर्थिक नीतिविपरित भएको आरोप लगाउदै बार्सिलोनाले तोकेको नेइमारको फुकुवा रकम तिर्नका लागि मड्रिडस्थित ला लिगाको मुख्यालयमा गएका २५ वर्षे स्ट्राइकरका प्रतिनिधिलाई फिर्ता पठाएका हुन्।

‘हामी नेइमारका कानुनी प्रतिनिधि फुकुवा रकम तिर्न ला लिगा कार्यालय आएको पुष्टि गर्न चाहन्छांै र उनीहरूको प्रस्ताव अस्वीकृत भएको छ,’ ला लिगाका प्रवक्ताले भने।

ला लिगाको यस कदमपछि नेइमारको सरुवा प्रक्रिया थप ढिलाइ हुने भएको छ।

पिएसजीले नेइमारका लागि प्रस्ताव गरेको रकम खेलाडी सरुवामा हालसम्मै महँगो रकम हो। यस सरुवा रकमले विगत केही हप्ता देखी चर्चाको विषय बन्दै आएको छ।  यो म्यानचेस्टर युनाइटेडले फ्रान्सेली मिडफिल्डर पाउल पोग्बालाई खर्च गरेको भन्दा दोब्बर रकम हो। युनाइटेडले गत वर्ष पोग्बाका लागि विश्वकीर्तिमानी ८ करोड ९० लाख युरो खर्चेको थियो। गत वर्ष उनको सरुवा चर्चाको विषय बनेको थियो।

यद्यपि कतारी प्रायोजनमा भएको पिएसजीले युरोपका शीर्ष क्लबलाई पछि पार्दै विश्वका स्टार खेलाडीमध्येका एक नेइमारलाई क्लबका ल्याउने खबरले फ्रान्सको राजधानीमा छ्ट्टै रौनक छाएको छ।

‘नेइमार पिएजीमा– शताब्द कै सरुवा’,फ्रान्सका प्रमुख पत्रिकाहरुले नेयमारको सरुवालाई मुख्य समाचारका रुपमा प्रकाशित गरेका छन्।

त्यस्तै  फ्रान्सका राष्ट्रपति  इमानियोल मार्कोनले यस कदमलाई सुखद समाचार भएको बताए।

यता स्पेनका संचार माध्यमले नेइमार पिएसजी जाने निश्चित भएपछि बार्सिलोना लिभरपुलका ब्राजिली मिडफिल्डर फिलिप कौटिन्हो र बोरुसिया डर्टमन्डका ओसामाने डिम्बलेलाई भिœयाउन इच्छुक भएको खबर सार्वजनिक गरेका छन्।

स्पेनिस फुटबल लिगका प्रमुख हाभियर  टिवास र बार्सिलोनाले पिएसजीको प्रस्ताव आर्थिक नीतिविपरीत भएको भन्दै यसबारे युइएफएमा निवेदन दिने बताएपछि फ्रान्सेली लिग वान क्लब संकटमा पर्ने देखिएको छ।

युइएफएको नियम अनुसार कुनै पनि क्लबले तीन वर्षभित्र ३ करोड युरोभन्दा बढी रकम गुमाएमा त्यस क्लबमाथि कारबाही हुने बताइएको छ।

यता नेइमारले बुधबार पोर्टोमा स्वास्थ परिक्षण गरेको स्रोतले उल्लेख गरेको छ।

यसअघि मंगलबार बार्सिलोनाले नेयइारले क्लब छोड्न चाहेको प्रस्ट पार्दै उनको सरुवामा लागि पिएसजीले २६ करोड अमेरिकी डलर तिर्नुपर्ने बताएको थियो।

प्रकाशित: २० श्रावण २०७४ ०४:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App