coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

करणी आरोपमा ८५ वर्षीय वृद्ध पक्राउ

गोरखा – पाँच वर्षीयालाई करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले पालुङटार नगरपालिका–५ का ८५ वर्षीय भीमबहादुर भण्डारीलाई विहीबार पक्राउ गरेको छ । 

घरको कोठामा बालिकालाई फकाइफुलाई गरी बुधबार करणी गर्ने प्रयास गरेको पीडित बालिकाकी आमाको जाहेरीका आधारमा भण्डारीलाई पक्राउ गरी विहीबार जबर्जस्ती करणी उद्योग मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको जिप्रका गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

यसैबीच प्रहरीले शहीद लखन गाउँपालिका–७ का प्रमोदकुमार श्रेष्ठका घरबाट रु ७५ हजार चोरी गर्न संलग्न रहेको आरोपमा सोही गाउँका २५ वर्षीय अरुण भण्डारी र १८ वर्षीय रवीन गुरुङलाई विहीबार पक्राउ गरेको छ । रासस 

प्रकाशित: १९ श्रावण २०७४ १२:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App