८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा दुई अमेरिकी सैनिक मारिए

कान्दाहार – अफगानिस्तानको कान्दाहार सहरको एक विमानस्थलमा तालिबानले गरेको आक्रमणमा नेटो आवद्ध दुई जना अमेरिकी सैनिकको मृत्यु भएको छ। 

अफगानिस्तानमा कार्यरत नेटो सैन्य बलले बिहीबार सो जानकारी दिएको छ । त्यसैगरी यस आक्रमणमा परी अन्य चार नेटो आवद्ध सैनिक घाइते भएका छन्। 

घाइते हुने सैनिक पनि अमेरिकी सैनिक नै रहेको अफगानिस्तानको राजधानी काबुलबाट प्राप्त समाचारमा जनाइएको छ। 

बुधबार अपराह्न भएको एक आक्रमणमा परी कान्दाहार प्रान्तमा दुई नेटो सैनिक मारिनुको साथै अन्य चार घाइते भएका आरएसले बिहीबार मात्र जानकारी दिएको छ। 

यस आक्रमणको तालिवान आतङ्ककारी समूहले जिम्मा लिएको छ । यस आक्रमणको क्रममा अफगान नागरिकको हताहतको समाचार भने आएको छैन्। 

अफगानिस्तानमा सन् २०१५ को अन्त्यदेखि नेटो सैनिक फर्किएको भनिए पनि हाल १३ हजार सैनिक भने बाँकी रहेका छन् ।

प्रकाशित: १९ श्रावण २०७४ ११:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App