७ वैशाख २०८१ शुक्रबार
शिक्षा

आजदेखि एसइई पूरक परीक्षा शुरु

भक्तपुर – देशभर एकैसाथ एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा (सेकेन्डरी एजुकेशन एक्जाम) को पूरक परीक्षा विहीबारदेखि शुरु भएको छ । 

देशभर एकैसाथ विहीबार अंग्रेजी विषयको परीक्षा शान्तिपूर्ण रुपमा शुरु भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए। 

कूल तीन लाख ८८ हजार परीक्षार्थीले पूरक अर्थात् ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने भए पनि देशभरबाट एक लाख ५० हजार परीक्षार्थीले आवेदन दिएको उनले जानकारी दिए। 

१९ गते अनिवार्य अंग्रेजी र वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य, अनिवार्य अंग्रेजी, २० गते शुक्रबार अनिवार्य नेपाली र गैरनेपाली विद्यार्थीका लागि अंग्रेजी, साउन २१ गते शनिबार अनिवार्य गणित, २२ गते आइतबार अनिवार्य विज्ञान र वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत व्याकरण तथा अनुवाद विषयको परीक्षा सञ्चालन हुने भएको छ। 

त्यसैगरी, साउन २३ गते सोमबार अनिवार्य सामाजिक अध्ययन, साउन २४ गते मंगलबार अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा र वेद विद्याश्रमतर्फ अनिवार्य कर्मकाण्ड, अनिवार्य फलित ज्योतिष, संस्कृततर्फ अनिवार्य संस्कृत भाषा, साउन २५ बुधबार ऐच्छिक प्रथमपत्रका सबै विषय र साउन २६ गते बिहीबार ऐच्छिक द्वितीयपत्रका सबै विषयको परीक्षा सञ्चालन हुने भएको छ। 

परीक्षाको नतिजा जतिसक्दो छिटो सार्वजनिक गर्ने योजना रहेको परीक्षा नियन्त्रक रेग्मीले जानकारी दिए। रासस 

प्रकाशित: १९ श्रावण २०७४ १०:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App