८ वैशाख २०८१ शनिबार
राजनीति

५३ हजार घुससहित वडा सचिव पक्राउ

इटहरी –  ५३ हजार रुपैयाँ घुससहित सप्तरी विष्णुपुर गाउँपालिकाका वडा सचिव विहीबार दिउँसो पक्राउ परेका छन् । 

विष्णुपुर गाउँपालिकाको वडा नं. १, ४ र ५ को जिम्मेवारी सम्हालेका वडासचिव सन्जयकुमार देवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्वाञ्चल क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनले ग्राभेल बाटो बनाउँदा उपभोक्तासँग २० प्रतिशत कमिसन पाएमात्र चेक दिने भनेर लामो समयदेखि बार्गेनिङ् गर्दै आएपछि पक्राउ परेका हुन् । 

‘कर्मचारी देवले आर्थिक वर्ष २०७३/०७४ मा साविकको वोरिया गाविस हुँदै त्यतिबेलाको वडा नं. ८ र ९ मा माटो ग्राभेल योजना वापतको कमिसन नदिएसम्म चेक नदिएको र पैसा दिएपछि दिँदा पक्राउ गरिएको हो,’ अख्तियारको क्षेत्रीय कार्यालय इटहरीका प्रहरी निरीक्षक ओमप्रकाश खनालले भने । कर्मचारी देवले चेक तयार भएपनि कमिसन वापतको रकम नदिएसम्म नदिने भनेर आफैँ राखेका थिए । 

‘दुई लाख ६८ हजारको काममा पहिलो किस्ता ९० हजार उपभोक्ताले पाएपनि बाँकी पैसा कमिसन नदिएसम्म नदिने भनेर देवले दिएका थिएनन,’ खनालले विहीबार दिउँसो भने, ‘कागजी प्रक्रिया भने सवैथोक मिलिसकेको छ । मात्र चेक अड्काएर राखेका रहेछन् । आज कमिसनको पैसा दिएलगतै चेक दिए ।’ 

प्रकाशित: १९ श्रावण २०७४ १०:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App