७ वैशाख २०८१ शुक्रबार
समाज

औषधि बोकेको ट्रकमा आगजनी

चितवन- चितवनको रत्ननगरमा आज बिहानै औषधि बोकेको ट्रकमा आगजनी गरिएको छ। बिहान करिब १ बजेर ३० मिनेटको समयमा रत्ननगरको निपनी चोकमा अज्ञात समूहले ट्रक जलाएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्रकको अगाडिको भाग जलेको र केही औषधिमा समेत क्षति पुगेको छ। 

चितवनका प्रहरी उपरीक्षक वसन्त कुँवरका अनुसार वीरगन्जबाट काठमाडौं औषधि लिएर जाँदै गरेको ना५ख ७४३२ नम्बरको ट्रकमा आगजनी भएको हो। आगजनी गर्ने समूहको पहिचान नभए पनि आज विप्लव नेतृत्वको माओवादीले बन्दको हल्ला फैलाएकाले उनीहरुले नै जलाएको अनुमान प्रहरीले गरेको छ। 

घटनाको अनुसन्धान भइरहेको र आगजनी गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ। समयमै प्रहरी पुगेकाले धेरै क्षति हुन पाएन। यसैबीच बन्दको हल्लासँगै आज जिल्लामा प्रहरीले बिहानैदेखि स्कटिङमा यातायात सञ्चालन गरेको छ। 

चितवन आउने र चितवनबाट जाने सवारीलाई बिहानैदेखि स्कटिङ गरेर गन्तव्यतर्फ पठाइएको प्रहरी उपरीक्षक कुँवरले जानकारी दिए। रासस 

प्रकाशित: १० श्रावण २०७३ ०३:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App