८ वैशाख २०८१ शनिबार
राजनीति

तनहुँको जिसस प्रमुखमा शान्तिरमण वाग्ले निर्वाचित

तनहुँ- जिल्ला समन्वय समिति तनहुँको प्रमुखमा नेपाली कांग्रेसका शान्तिरमण वाग्ले निर्वाचित भएका छन्। सर्वसम्वतरुपमा नेतृत्व चयनमा राजनितीक दलहरुबीच सहमति हुन नसकेपछि निर्वाचनमार्फत् नेतृत्व चयन गरिएको हो।

वाग्ले नेपाली कांग्रेसका व्यास नगर सभापती हुन्। बिहीबार भएको निर्वाचनमा समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले कुल २० मतमध्ये १२ मत ल्याएका हुन्। त्यस्तै नेकपा एमालेको तर्फबाट समन्वय समितिको  अध्यक्षका उम्मेदवार कुष्णराज ढकालले ६ मत प्राप्त गरे। त्यस्तै माओवादी केन्द्रको तर्फबाट समितिको प्रमुखको उम्मेदवार बनेका गिरबहादुर वसेलले २ मत प्राप्त गरे।

त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसको महिला संघ तनहुँकी अध्यक्ष रहेकी पवित्रा देवी पौडेल निर्वाचित भएकी छन्।  पौडेलले १२  मत ल्याएकी हुन्। एमालेबाट उम्मेदवार बनेकी बसुन्धरा घर्तिले ७ मत ल्याइन्। माओवादी केन्द्रको भने उपाध्यक्षको लागि उमेदवारी थिएन।

त्यस्तै सदस्यहरुमा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ। समन्वयको सदस्यमा निलबहादुर थापा, अर्जुनबहादुर अधिकारी, गलबहादुर गुरुङ, त्यस्तै महिला सदस्यमा दिब्यश्वरी विक, धनीमाया थापा, सरस्वती गौतम निर्वाचित भए।

त्यस्तै दलित सदस्यमा केशबहादुर सुनार विजयी भए । तनहुँको जिल्ला समन्वय समिति ९ सदस्यीय पदमा सबै नेपाली कांग्रेसका उमेदवार विजयी भएका हुन्।

प्रकाशित: १९ श्रावण २०७४ ०९:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App