७ वैशाख २०८१ शुक्रबार
प्रवास

एनआरएन जापानको महिला उपाध्यक्षमा गुरुङको उम्मेदवारी घोषणा

जापान- एनआरएन जापानको २०१७-२०१९ कार्यकालको लागि महिला उपाध्यक्ष पदमा अनिता गुरुङ लामाले उम्मेदवारी दिने घोषणा गरेकी छन्। तमुधी जापानको वरिष्ठ उपाध्यक्षसमेत रहेकी गुरुङले सामाजिक कार्यका लागि आफूले उम्मेदबारी दिएको बताइन्।

१० वर्षअघि जापान आएकी गुरूङ जापानको नेपाली समुदायमा परिचित नाम हो। एनआरएनए जापानको २०११-२०१३ कार्यकालमा कार्यसमिति सदस्य तथा २०१३-२०१५ कार्यकालको आइसीसी महिला प्रतिनिधिको रूपमा समेत काम गरेकी उनले नेपाल फेस्टिबल २०१३ को मुख्य आयोजक ओमनस् कमिटीको उपाध्यक्ष पदमा रही नेपाली कला र संस्कृतिलाई जापानमा चीनाउने कार्यमा महत्वपूर्ण भूमिका निभाएकी थिइन्।

एनआरएनएको विभिन्न अभियानमा सहभागी हुँदै आएकी गुरुङले महिलाहरूमाथि हुने हिंसा न्यूनीकरण गर्न, सुत्केरी तथा बालबालिकाहरूको लागि आवश्यक स्वास्थ्य सेवा र परामर्श सहज बनाउन, महिलाहरूलाई सामाजिक संघ संस्थाहरूमा बढीभन्दा बढि सहभागी हुन उत्प्रेरित गराउन भूमिका निर्वाह गर्दै आएकी छन्।

प्रकाशित: १९ श्रावण २०७४ ०७:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App