coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

करेन्ट लागेर रौतहटमा एक युवकको मृत्यु

रौतहट- करेन्ट लागेर रौतहटमा एक युवकको ज्यान गएको छ। तीन दिनदेखि घरमा कुलदेवताको पूजाको क्रममा बिहीबार बिहान साढे ६ बजे स्पिकरको तार जोडने क्रममा करेन्ट लागेर बौधीमाई गाउपालिका-१ अजगैवीटोलका २५ वर्षीय श्यामसुन्दर महतोको ज्यान गएको हो।

कुलदेवता पूजाको आवाज गाउँलेहरुलाई सुनाउनको लागि महतोले विजुलीको तारमा हुक लगाएर स्पिकरमा जोडने क्रममा करेन्ट लागेर गम्भिर घाइते भएको मृतकका काका वीरेन्द्र कुशवाहाले बताए।

गम्भिर घाइते महतोलाई उपचारको लागि जिल्ला अस्पताल गौरमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो। मृतक महतोको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको छ।

प्रकाशित: १९ श्रावण २०७४ ०६:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App