coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेइमार सरुवा अर्को साता

बार्सिलोना- स्पेनिस क्लब बार्सिलोनाले बुधबार नेइमार क्लब छाड्न इच्छुक रहेको पुष्टि गरेको छ। तर बाजि्रलियन फरवार्डका लागि पेरिस सेन्ट जर्मन (पिएसजी) ले २६ करोड अमेरिकी डलर तिर्नुपर्ने बार्सिलोनाको भनाइ रहेको छ।

‘नेइमारले बुधबार बिहान बुबा र उनका प्रतिनिधिमार्फत क्लब छाड्न चाहेको जानकारी गराएका थिए,’ बार्सिलोनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामीले नेइमारलाई किन्न इच्छा राख्नेहरूले २६ करोड अमेरिकी डलर तिर्नुपर्ने जानकारी दिएका छौं।’

क्लबले माग गरेको रकम सरुवा बजारमा अहिलेसम्मकै सर्वाधिक रकम हुनेछ। यसअघि म्यानचेस्टर युनाइटेडले गत वर्ष पाउल पोग्बालाई युभेन्ट्सबाट कीर्तिमानी ११ करोड १० लाख अमेरिकी डलरमा भिœयाएको थियो।

नेइमारका सल्लाहकार वागनर रिवेइरोले बुधबारै ब्राजिलियन फरवार्ड यसै साताको अन्त्यसम्म कीर्तिमानी रकममा पिएसजी सरुवा हुने बताएका छन्। रिवेइरोले बार्सिलोनाको विमानस्थलमा सञ्चारकर्मीसँग पिएसजीले ‘साताको अन्त्यमा वाइआउट क्लज’ मा एटलान क्लबसँग सम्झौता गर्ने बताएका हुन्।

बुधबार नेइमारलाई टे्रनिङमा सहभागी नहुन भनिएको थियो। २५ वर्षे नेइमार सरुवा हुने समाचारले बार्सिलोनाका नयाँ प्रशिक्षक इर्नेस्टो भाल्भार्डेको नयाँ सिजन सुरुआतलाई छायामा पारिदिएको छ। चीन भ्रमणमा रहेका नेइमार मंगलबार बार्सिलोना फर्किएसकेका छन्।

अमेरिकामा सिजनपूर्व म्यानचेस्टर युनाइटेड, युभेन्ट्स र रियाल मड्रिडसँग खेलिएका तीनवटै मैत्रीपूर्ण खेलमा जित हात पार्दा प्रभावशाली प्रदर्शन गरेका नेइमार भ्रमण सकिएलगत्तै चीनतिर निस्किएका थिए।

नेइमार बुधबार बिहान ९ बजे ट्रेनिङका लागि मैदान गएका थिए। तर टोलीका सहयात्रीलाई क्लब छाड्ने जनकारी दिएर उनी १ घन्टा पनि मैदानमा नबसी फर्किएको बार्सिलोनाका प्रवक्ताले पुष्टि गरेका छन्।

‘नेइमार क्लबको तालिकाअनुसार अभ्यासमा आएका थिए र उनले टोली सहयात्रीलाई आफूले क्लब छोड्न लागेको बताए,’ क्लब स्रोतले भन्यो, ‘प्रशिक्षकले उनलाई अभ्यासमा सहभागी नभई आगामी दिनका बारे निर्णय लिन अनुमति दिएका छन्।’

अर्नेस्टो भाल्भार्डेलेे बार्सिलोनाको प्रशिक्षण सम्हालेको केही समयपछि नै २५ वर्षे स्ट्राइकर नेइमार पिएसजी जाने खबर सार्वजनिक हुँदै आएको थियो। नेइमारलाई भिœयाउन पिएसजीले बार्सिलोनासमक्ष विश्वकीर्तिमानी २२ करोड २० लाख युरोको प्रस्ताव राखेको थियो।

यो म्यानचेस्टर युनाइटेडले फ्रान्सेली मिडफिल्डर पाउल पोग्बालाई खर्च गरेको भन्दा दोब्बर रकम हो। युनाइटेडले गत वर्ष पोग्बाका लागि विश्वकीर्तिमानी ८ करोड ९० लाख युरो खर्चेको थियो।

बार्सिलोना र पिएसजीबीच नेइमारको सरुवापछि दिने अतिरिक्त रकममा सहमति हुन नसकेको बताइएको छ। गत वर्ष सन् २०२१ सम्मका लागि क्लबसँग सम्झौता गरेका नेइमारको  फुकुवाका लागि बार्सिलोनाले स्पेनिस ला लिगालाई रकम तिर्नुपर्छ।

यद्यपि ला लिगाका प्रमुख हाभियर टिवासले नेइमारका लागि पिएसजीले गरेको प्रस्ताव आर्थिक नीति (एफपिपी)विपरीत भएको भन्दै उक्त प्रस्ताव स्वीकार नगर्ने चेतावनी दिएका छन्।

‘हामी पिएसजीको प्रस्ताव स्वीकार गर्दैनांै,’ टिवासले बुधबार मड्रिडको स्पोटर््स दैनिक एएससँग कुरा गर्दै भने, ‘पिएसजीले नियम उल्लंघन गरेका कारण हामी विशेष गरी यो क्लबसँग सम्झौता गर्दैनांै।’

यसअघि टिवासले पिएसजीको  प्रस्ताव एफपिपीविपरीत भएको भन्दै यसविरुद्ध युइएफएमा निवेदन दिने चेतावनी दिएका थिए।

बार्सिलोनाले पनि पिएसजीको प्रस्ताव आर्थिक नीतिविपरीत भएको भन्दै उक्त प्रस्तावविरुद्ध युइएफएमा निवेदन दिने बताएको छ। मंगलबार बार्सिलोनाले नेइमारलाई दिने भनिएको २ करोड ६० लाख युरो बोनस रोकेको थियो।

प्रकाशित: १९ श्रावण २०७४ ०५:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App